दमौलीमा राष्ट्रिय साहित्य सम्मेलन, नौ जना कवि पुरस्कृत

Devghat Online

शेयर गरौ

दमौली, जेठ २७

गन्डकी वाङमय प्रतिष्ठान तनहुँको आयोजनामा दमौलीमा दोस्रो राष्ट्रिय साहित्य सम्मेलनको आयोजना भएको छ । भाषा साहित्य र संस्कृतिको उत्थान,साहित्यिक जागरण हाम्रो अभियान’ भन्ने मूल नाराका उक्त सम्मेलन आयोजना गरिएको थियो । शुक्रबार सुरु भएको सम्मेलन शनिबार सम्पन्न भएको छ ।

सम्मेलनको अवसरमा शुक्रबार नौ जना कबिलाई पुरस्कृत गरिएको छ । राष्ट्रव्यापी कविता प्रतियोगितामा उत्कृष्ट छानिएका कविहरुलाई सो अवसरमा पुरस्कृत गरिएको थियो । प्रतियोगितामा सिराहाका कवि अविनाश भट्टराई प्रथम, संखुवासभाका कवि सिजन श्रेष्ठ द्वित्तिय र झापाका कवि केशव भट्टराई तृतिय भएका थिए ।

प्रथम, द्वित्तिय र तृतिय भएका कविहरुलाई क्रमशः ५५ हजार, ४० हजार र २५ हजार रुपैयाँ नगदसहित दोसल्ला र सम्मानपत्र प्रदान गरिएको थियो । त्यसैगरि सान्त्वना स्थान प्राप्त गरेका ६ जनालाई जनही १० हजारका दरले नगद पुरस्कार प्रदान गरिएको थियो । सान्त्वना पुरस्कार पाउनेमा तनहुँका प्रकाश रम्घाली, विराटनगरकी पूजा आराधना, रौतहटका मनोज विश्वकर्मा, चितवनका सिर्जन अविरल, सिन्धुपाल्चोकका सुन्दर शिरीष र गोरखाका भरतबाबु ढकाल रहेको कविता मूल्यांकन समितिको संयोजक कवि रमेश पौडेलले जानकारी दिए ।

पुरस्कृत कविहरुलाई साहित्यकार सरुभक्त, व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, प्रतिष्ठानका अध्यक्ष सागर उदास र सांस्कृतिक अध्येता काशीनाथ न्यौपाने लगायतकाले पुरस्कृत गरेका थिए । देशभरबाट प्राप्त २३७ कविताबाट निर्णायक मण्डलले उत्कृष्ट कविता छनौट गरेका थिए ।

सो अवसरमा भाषा र साहित्यको संरक्षण र सम्बद्र्धनमा उत्कृष्ट योगदान गरेवापत व्यास नगरपालिका–१ बिज्ञानचौर स्थित आदिकवि भानुभक्त क्याम्पसका सहप्राध्यापक नारायणप्रसाद गौतमलाई सम्मान गरिएको थियो । साहित्यकार गौतमलाई दश हजार नगद तथा दोसल्ला र प्रमाणपत्रले पुरस्कृत गरिएको थियो ।

गन्डकी वाङमय प्रतिष्ठान तनहुँका अध्यक्ष सागर उदासको अध्यक्षतामा सम्पन्न भएको सो साहित्य सम्मेलनमा सरुभक्त, व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, प्रतिष्ठानका अध्यक्ष सागर उदास र सांस्कृतिक अध्येता काशीनाथ न्यौपाने लगायतले मन्तव्य राखेको प्रतिष्ठानकी सचिव अन्जु दाहालले जानकारी दिईन् ।

सम्मेलनको दोश्रो दिन शनिबार सुरुभक्त, रमेश पौडेल, भुपिन खड्का, प्रदिप रोदन लगायतका साहित्यकारहरुले साहित्य वाचन गरेका थिए । प्रतिष्ठानले यस अघि २०५३ सालमा प्रथम राष्ट्रिय साहित्य सम्मेलन गरेको थियो । तनहुँमा साहित्यिक पर्यटनको प्रबद्र्धन गर्न सहित्य सम्मेलनको आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष सागर उदासले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पसमा होटल व्यवस्थापन अध्यापनकोलागि सम्भाव्यता अध्ययन

तनहुँ । असार १५ आदिकवि भानुभक्त क्याम्पसमा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत होटल व्यवस्थापन विषय

‘श्वेतशार्दुल’ का लेखक राईलाई ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ प्रदान

काठमाडौं । असार १४ मदन भण्डारी फाउण्डेसनले यस वर्षको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ लेखक तथा

उर्जामन्त्री श्रेष्ठले गरे कालिका कालीगण्डकी जलविद्युत आयोजनाको निरिक्षण

देवघाट । असार १३ उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले देवघाट गाउँपालिका–५ को साँढेबगरमा निर्माणाधिन

समाजसेवी देवकोटाद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई स्टेशनरी सामग्री सहयोग

विष्णु मगर । देवघाट, असार १३ काठमाडौं निवासी व्यवसायी तथा समाजसेवी सुष्मा देवकोटाले देवघाट गाउँपालिका–४