दमौली, जेठ २९
भिमाद साना किसान कृषि सहकारी सस्थाले सहकारी संस्थाका शेयर सदस्य भेषराज ढकाललाई ४५ हजार रुपैयाँ अनुदान रकम उपलब्ध गराएको छ ।



कृषक ढकालले सन्चालन गरेको परोपकार बगैंचा कृषि तथा पशु पालन र्फम अबलोकन गरि सल्लाह सुझाब सहित सहकारीको तर्फबाट उक्त अनुदान रकम उपलब्ध गराईएको सहकारीले जनाएको छ ।

सहकारी संस्थाका अध्यक्ष नारयण खनाल, उपाध्यक्ष जिम राना मगर, सदस्य तथा पशु बिमा संयोजक तुलबहादुर थापा, सस्थांका प्रबन्धक विनु श्रेष्ठ र फिल्ड कर्मचारी सुर्यप्रसाद रिजाल लगायतले कृषक ढकाललाई सोमबार बिहान सो अनुदान रकम उपलब्ध गराएका थिए ।
लामो समय बैदेशिक रोजगारमा रहेका ढकालले दुई वर्षदेखी भिमाद नगरपालिका–८ मा परोपकार बगैंचा कृषि तथा पशु पालन र्फम सन्चालन गर्दै आएका छन् ।












