दमौली, जेठ २९
तनहुँमा रुखबाट लडेर सोमबार बिहान ८० बर्षिय बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा भिमाद नगरपालिका–९ मोहरीया टोल बस्ने तुलबिर थापा रहेका छन् ।



घर नजिकैको राङसिङको रुखमा चढि घास काट्ने क्रममा सोही रुखबाट लडी घाईते भई उपचारको लागी फिस्टेल अस्पताल पोखरा लगिएकोमा उक्त अस्पतालमा प्रारम्भिक उपचार पश्चात थप उपचारको लागी मणिपाल अस्पताल पोखरा लगेकोमा उपचारको क्रममा सोमबार बिहान उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी मोहनबहादुर खाँणले जानकारी दिए ।
उक्त घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।












