पुरानो धारा संरक्षणमा लागे देवघाटका युवा

Devghat Online

शेयर गरौ

देवघाट, जेठ ३०

देवघाट गाउँपालिका–५ हरिहट टोलमा रहेको निकै पुरानो पानीको धारा बाबा धारा संरक्षणकोलागि देवघाटका युवाहरु लागेका छन् । धारा जिर्ण भएको हुँदा उक्त धाराको मर्मत गरि संरक्षण गर्न स्थानीय युवा मुकुन्द तिवारीको संयोजकत्वमा धारा संरक्षण समिति समेत गठन गरेका छन् ।

स्थानीय युवाहरु मुकुन्द तिवारी सहित अमृत घिमिरे, सूर्यभक्त भट्टराई, कृष्ण पोखरेल लगायतका युवाहरुले उक्त बाबा धारा संरक्षण तथा सरसफाईको नेतृत्व गरेका छन् ।

उक्त धारा जीर्ण हुँदा देवघाटको हरिहर टोलबासीलाई पानीको आपुर्तीमा कमी हुँदै आएकोमा धाराको संरक्षण पछि हाल पानीको आपुर्ती सहज भएको युवा मुकुन्द तिवारीले बताए । उक्त बाबा धारा धार्मिक हिसाबले पनि महत्वपुर्ण रहेको यसको संरक्षण गर्नु देवघाटबासीको दायित्व भएको तिवारीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

शुक्लागण्डकीमा टाटा सुमो दुर्घटना हुँदा चालकसहित १२ जना घाइते

तनहुँ । साउन १२ शुक्लागण्डकी नगरपालिका–१२ सिम्लेस्थित भित्री सडक खण्डमा मंगलबार यात्रुबाहक टाटा सुमो दुर्घटना

निरन्तर पहिरो झर्न थालेपछि मुग्लिन–नारायणगढ सडकमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालनमा रोक

चितवन । साउन १२ मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत मुग्लिन बजार नजिकै नारायणगढतर्फ सुक्खा पहिरो खसेर