व्यासको नगरसभा आईतबार, करिब १ अर्ब ६० करोडको बजेट ल्याईदै

Devghat Online

शेयर गरौ

दमौली, असार ८

तनहूँको सबैको भन्दा पुरानो व्यास नगरपालिकाकाले आईतबार आगामि आर्थिक वर्ष २०८०÷८१ को नीति, वजेट तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ । व्यास नगरपालिकाको सभा हल हुने सभामा करिब १ अर्ब ६० करोडको बजेट प्रस्तुत गरिने नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले प्रदत्त गरेको अधिकार, विधि र प्रक्रिया अनुसार नीति बजेट तथा कार्यक्रम प्रस्तुत गर्न लागिएको हो । आर्थिक वर्ष २०७९÷८० का लागि १ अर्ब ७७ करोड ८९ लाख १२ हजार रुपैयाँको बजेट पास गरेको नगरपालिकाले भने यो पटक घटाएर करिब १ अर्ब ६० करोड को बजेट ल्याउने भएको छ ।

नगरप्रमुख न्यौपानेका अनुसार संघीय एवं प्रदेश सरकारले दिदै आएको ससर्त, समानिकरण, समपुरक र विशेष अनुदान यसपटक थोरै आएको हुनाले बजेट घटेको बताए । उनले भने, ‘बजेट घटेपनि सबै कार्यक्रमलाई समेटिएको छ । सबै क्षेत्रलाई प्राथमिकमा राखि बजेट ल्याउने छ ।’ उनका अनुसार नगरपालिकाले वडागत योजनाहरु तर्जुमा गरी बजेट निर्माण गरिएको हो ।

आर्थिक वर्ष २०८०÷८१ को वजेट तथा कार्यक्रमको लागि नगरपालिकाले वडागत सिलिङ तयार गरी योजनाहरुको तर्जुमा गरेर विषयगत समिति मार्फत छलफल गरि नीति, वजेट तथा कार्यक्रम तयार गरिएको छ । अघिल्लो वर्ष हरेक वडालाई १ करोड २५ लाख बजेट तोकिएकोमा यो पटक भने १ करोडको बजेट मात्र मापदण्ड तय गरिएको छ ।

वडाबाट आएका योजना छनौटमा सडक, सामाजिक विकास, शिक्षा, स्वास्थ्य, वन तथा वातावरण,आर्थिक, संस्थागत सुधार लगायतका योजनाहरु प्राथमिकतामा राखिएको उनले बताए । यो नगरपालिकाले सबै वर्गलाई समेटेर बजेट ल्याउन लागिएको उपप्रमुख इन्दिरा दरैले बताईन् ।

उनको अनुसार बालविवाहलाई रोक्नको लागि २० वर्ष पुगेर बिहे गर्ने युवतीलाई १० हजार प्रोत्सान रकम दिईने निति ल्याईने भएको छ । दलित चेपाङ,दरै, बोटे र कुमाल समुदायका युवतीहरुले २० वर्ष पुगेपछि बिहे गरेमा उक्त प्रोत्सान रकम प्रदान गरिने उनले बताईन् ।

महिला उद्यमीहरुको व्यवसायलाई प्रोत्सान गर्न व्यापार मेलाको आयोजना समेत गरिने कार्यक्रम ल्याउने उनले बताईन् । त्यस्तै विदेशबाट फर्किएर आएका महिलाहरुलाई यहि रोजगारी दिने कार्यक्रम ल्याईने उपप्रमुख दरैले जानकारी दिईन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो