ऋषिङ्ग– ७ र ८ मा निशुल्क दन्त परिक्षण शिविर, २ सय जना लाभान्वित

Devghat Online

शेयर गरौ

अन्जान परियार

ऋषिङ्ग, असार ७

ऋषिङ्ग गाउँपालिका वडा नम्बर ७ र ८ का नागरिकलाई लक्षित गरि एक दिने निशुल्क दन्त परिक्षण शिविर विहिबार सम्पन्न भएको छ । सहयात्री नेपाल काठमाडौको प्राबिधिक सहयोगमा आयोजित उक्त शिविरमा २ जनाको दन्द परिक्षण गरिएको वडा नम्बर ८ का अध्यक्ष भरत कृष्ण श्रेष्ठले जानकारी दिए ।

उक्त शिविरमा दाँत भर्ने, सफा गर्ने र दाँत उखेल्ने जस्ता सेवा प्रवाह भए संगै परिक्षणमा सहभागीहरु प्रत्येक लाई एक ब्रस र कोलगेट बितरण गरिएको थियो ।  विशेषज्ञ डाक्टरहरुबाट परिक्षण गरि ठूलो समस्या देखिएमा रोग पत्ता लगाएर सम्बन्धित हस्पिटलमा उपचार गर्न पठाइएको थियो ।

वडा अध्यक्ष श्रेष्ठको पहलमा उक्त वडामा धेरै सामाजिक कामहरु भईरहेका छन् । उनले जनतासँग जोडिएर हातेमालो गर्दै काम गरिरहेका छन् । उनले सामाजिक सुरक्षा भत्ता बितरणको बेला आफ्नै निजि सवारी साधनमा वृद्धबृद्धालाई ओसारपसार गर्ने गरेका छन् । यस्तै उनले आफ्नो वडा र छिमेकी  वडाका नागरिकहरुलाई आकस्मिक दुर्घटना परेमा तत्काल आफ्नो साधनमा अस्पताल लगेर उपचार समेत गराउने गरेका छन् ।

वडा अध्यक्ष श्रेष्ठको विशेष समन्वयमा केही महिना अघि निशुल्क आँखा शिविर संचालन भएको थियो भने अहिले दन्त शिवीर संचालन भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न

अन्जान परियार । घरिङ, बैशाख २९ घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर

घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

तनहुँ । बैशाख २९ घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि

युवा रेडक्रस सर्कल आदिकविद्वारा रक्तदान कार्यक्रम आयोजना, ७८ पिन्ट रगत सङ्कलन

तनहुँ । बैशाख २५ विश्व रेडक्रस दिवसको अवसरमा युवा रेडक्रस सर्कल आदिकवि भानुभक्त क्याम्पसको आयोजनामा

बन्दीपुर अस्पतालमा थप सेवा सञ्चालन, स्वास्थ्य सुविधा मजबुत बन्दै

तनहुँ । बैशाख २५ बन्दीपुर गाउँपालिका द्वारा सन्चालित बन्दीपुर अस्पतालमा पछिल्लो दिनहरुमा बिभिन्न स्वास्थ्य सेवाहरु