क्रिकेट टीमलाई ओलीको सान्त्वनाः एउटा असफलता यात्राको अन्त्य होइन

Devghat Online

शेयर गरौ

काठमाडौं, असार १०

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मेहनत कहिलेकाहीँ परिणाम प्राप्त हुन नसके पनि निराश नहुन भन्दै नेपाली क्रिकेट टीमलाई सान्त्वना दिएका छन् ।

नेपाली टीम नेदरल्यण्डसँग पराजित भएपछि एक स्टाटस लेख्दै ओलीले मेहननत जननी र परिणाम शिशु भएको बताएका छन् ।

उनले भनेका छन्, ‘मेहनत जननी हो भने परिणाम शिशु। कहिलेकाहीँ मेहनतका बाबजुद पनि परिणाम प्राप्त नहुन सक्छ। यसबाट निराश हुनु हुँदैन। परिणाम हामीले सोचेजस्तो नभए पनि नेपाली टिमको मेहनत कमजोर थिएन। मेहनतका लागि धन्यवाद नेपाली क्रिकेट टिम ’

आफूले खेल मोबाइलबाट लाइभ हेरेको उल्लेख गर्दै नेपाल फर्केपछि टोलीसँग सँगै खाना खानेगरि भेटौला भनेका छन् ।

मोबाइलमा इन्टरनेट स्लो भएर केही डिस्टर्ब भएपनि खेल हेरेको उनले बताएका छन् ।

उनले भनेका छन्, ‘एउटा असफलता यात्राको अन्त्य होइन, हाम्रो यात्रा जारी छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको