कावासोतिमा बाल बिवाह विरुद्धको सचेतना कार्यक्रम सम्पन्न

Devghat Online

शेयर गरौ

कावासोती, साउन २२

नवलपुरको कावासोतिमा बाल बिवाह विरुद्धको सचेतना कार्यक्रम सोमबार सम्पन्न भएको छ ।

सो अवसरमा कावासोती नपा–१ को जनकल्याण माध्यमिक बिद्यालयका बालबालिकाहरुलाई बाल बिवाहको असर, बाल बिवाह हुनुको कारण, बाल बिवाह रोक्ने उपाय र कानुनी प्रावधानको बारेमा सचेत गराईएको थियो ।

सचेतना कार्यक्रम जागृती बाल तथा युवा सरोकार नेपालले क्यान्नलन स्विजरल्यान्ड सँगको साझेदारीमा सन्चालित किशोरी शसक्तिकरण कार्यक्रम अन्तर्गतको बाल क्लबका पदाधिकारीहरुको क्षमता बिकास अन्तर्गत सन्चालन गरिएको किशोरी अभियन्ता रेजिना घर्तीमगरले बताइन् ।

समुदायमा बाल बिवाहको स्वरुप फेरियको छ, पहिला अभिभावकले गर्ने थियो भने अहिले स्वयम् बालबालिकाले नै आफै बाल बिवाह गर्ने गरेकोले बालबालिका लक्षित सचेतनाको लागि बिधालय र समुदाय लक्षित अभियान सुरु गरेको सस्थाले जनाएको छ ।

नवलपुरमा बाल बिवाहको दर बढदै गयकोले सानो उमेरमा नै आमा बन्ने तथ्यांकले देखाएको छ । सो कार्यक्रममा बाल बिवाह भनेको के हो ? बाल बिवाहको असरहरु के के हुन? नेपालमा कानुनी अवस्था के रहेको छ ? बालबालिकाले बाल बिवाह रोक्न गर्न सकिने कामहरुको बारेमा सहजीकरण गरिएको थियो ।

कार्यक्रममा जनकल्याण माध्यमिक बिधालयका बिधालय ब्यबस्थापन समितिका अध्यक्ष आशा गैरे ब्लोनले बालबालिकालाई सानो उमेरबाट नै यसरी सचेतना दिन सकिय बाल बिवाह र अन्य हिंसा अन्त्य गर्न सकिने बताइन् । उनले बिद्यालयमा गरिव, सीमान्तकृत समुदायका बढी बालबालिका अध्ययनरत रहेको र अभिभावकलाई समेत यस्ता बारेमा सचेत गर्नको लागि अनुरोध गरेकी थिइन् ।

कार्यक्रममा किशोरी अभियन्ताहरु रेजिना घर्ती मगर, राधा बोटेले सहजीकरण गरेका थिए । सो कार्यक्रममा बिद्यालयमा अध्ययनरत ४० जना बालबालिकाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता