वर्षाले पृथ्वीराजमार्ग भासियो, सडक एकतर्फी

Devghat Online

शेयर गरौ

दमौली, साउन २३

अविरल परेको वर्षाको कारण मंगलबार दिउँसो पृथ्वीराजमार्गको व्यास नगरपालिका वडा नम्बर १२ को देउराली खण्डमा सडक भासिएको छ । निर्माणाधिन पृथ्विराजमार्ग सडक खण्डमा अबिरल बर्षाको कारण सडक भासिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

सडक भासिदा एक तर्फी आगवन बन्द रहेको ट्राफिक प्रहरीले जनाएको छ । यस राजमार्ग भएर सन्चालन हुने सवारी साधनहरूले बैकल्पिक मार्ग प्रयोग गर्नु हुन जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख बरिष्ठ प्रहरी नायव निरिक्षक राजिव विष्टले अनुरोध गरेका छन् । उक्त सडक खुलाउने प्रयास भईरहेको विष्टले बताएका छन् ।

साथै निर्माणाधिन आबुखैरनी–जामुने–कोत्रे सडक खण्डमा बर्षातको पानीको कारण ठाँउ ठाँउमा साना तथा ठुला पहिरो जाने, सडक भासिने र सवारी साधन फस्ने समस्या हुने हुँदा अत्यावश्यक काम बाहेक यस सडकको प्रयोग नगर्न समेत ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू