सत्ता पक्षका सांसद श्रेष्ठले भने–सिआईबीको अनुसन्धान केटाकेटी पाराको

Devghat Online

शेयर गरौ

काठमाडौं, भदौ ७

सत्तापक्ष नेकपा एकिकृत समाजबादीका सांसद कृष्णकुमार श्रेष्ठ किसानले ललिता निवास जग्गा प्रकरणमा सिआईबीको अनुसन्धान केटाकेटी पाराको भएको बताएका छन् । विहिबारको संसद बैठकमा आफ्नो धारणा राख्दै सांसद श्रेष्ठले सिआईबीको अनुसन्धान प्रति शंका लागेको बताए ।

२०४९ सालमा जम्मा ६ वर्षको उमेर भएको व्यक्तिलाई त्यसैबेला ललिता निवासको जग्गा खरिद ग¥यो भनेर करोडौं रुपैयाँ बिगो मागेर सिआईबीले सरकारी वकिललाई अनुसन्धान प्रतिबेदन बुझाईएको बताए । सिआईबीको यस्तो अनुसन्धान केटाकेटी पाराको देखिएको सांसद श्रेष्ठले बताए ।

भ्रष्टाचारको आरोपमा मुछिएकाहरुलाई पनि अनुसन्धानमा समान व्यवहार नगरेको भन्दै उनले कसैलाई काखा र कसैलाई पाखा नगरेर निश्पक्ष रुपमा अनुसन्धान गरिनुपर्ने बताए । आरोप लाग्दैमा आफुलाई मन नपर्ने व्यक्तिलाई जबरजस्ती अपराधी बनाउने काम भईरहेको उनको भनाई थियो । सांसद श्रेष्ठले हजारौं नेपालीलाई रोजगारी दिँदै आएका, सफल उद्यमी मिनबहादुर गुरुङले राज्यलाई बैधानिक ढंगले कर तिरेर जग्गा किन्दा उनी कसरी दोषी भए ? भन्ने प्रश्न गरे ।

भ्रष्टाचार र अनियमितता जस्ता विषयले अहिले गणतान्त्रिक व्यवस्थामाथी नै नागरिक र समाजमा चिन्ता र निराशा छाएको भन्दै श्रेष्ठले भने ‘युवाहरु स्वदेशमा भविष्य देखिरहेका छैनन, राजनीतिक नेतृत्व भ्रष्टाचारको मुद्धामा जोडिएको कारण यो व्यवस्था प्रति नै निराशा छाएको छ ।’ पछिल्लो समय सम्प्रादायिक द्वन्द्व निम्त्याउन गोरु काटेर खाने प्रबृत्ती बढेको भन्दै सांसद श्रेष्ठले यो कार्यले सामाजिक द्वन्द्व भुसको आगो झैं फैलिएको तर सरकारले यसको कुनै अनुसन्धान नगरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता