बलात्कार आरोपी शिक्षकलाई कारवाही गर्न माओवादी केन्द्रको माग

Devghat Online

शेयर गरौ

दमौली, भदौ ११

नेकपा माओवादी केन्द्र ऋषिङ गाउँ कमिटिले बलात्कारको आरोपी सोही गाउँपालिकाको वडा नम्बर ७ स्थित ज्यामिरेमाई प्राविका प्रअ झुलबहादुर थापालाई पक्राउ गरि कारवाही गर्न माग गरेको छ ।

नेकपा माओवादी केन्द्र ऋषिङ गाउँ कमिटिले सोमबार विज्ञप्ति प्रकाशित गरि पीडित बालिका र परिवारमाथी थप हिंसा हुन नदिन प्रशासनको ध्यानाकर्षण हुनु पर्ने बताएको छ । माओवादी केन्द्र ऋषिङ गाउँ कमिटिका सचिव डम्बर विकले हस्तारक्षर गरेको विज्ञप्तिमा दोषीलाई कुनै पनि बाहानामा उम्किन नदिन र पीडितलाई न्याय दिलाउन आ आफ्नो ठाउँबाट भुमिका निर्वाह गर्न सम्बन्धित सबैमा अनुरोध गरिएको छ ।

प्रअ थापाले गत साउन ३१ गते सोही ठाउँकी १२ बर्षिया बालिकालाई बलात्कार गरेको भन्दै पीडित परिवारले जिल्ला प्रहरी कार्यालयमा भदौ ३ गते जाहेरी दिएका छन् । प्रहरीले अहिलेसम्म आरोपितलाई पक्राउ गरेको छैन ।

आरोपित थापालाई राजनीतिक संरक्षण भएको स्थानीय बासिन्दाले गुनासो गरेका छन् । जाहेरी फिर्ता लिन पीडित परिवारलाई आर्थिक प्रलोभन समेत दिन थालिएको गुनासो पीडित परिवारले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता