काठमाडौं, मंसिर ४
जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेको छ ।
सोमबार एक आदेश जारी गर्दै प्रशासनले ३० दिनसम्मका लागि माइतीघरदेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेको जानकारी दिएको हो ।
प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जारी गरेको आदेशअनुसार पद्मोदय मोडदेखि सिंहदरबार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलाको चारैतर्फ र माइतीघर मण्डलादेखि बबरमहल, बिजुलीबजार पूल हुँदै नयाँ बानेश्वर चोकसम्म निषेधित क्षेत्र घोषणा गरिएको छ ।