दमौली, मंसिर १४
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा तनहुँका विभिन्न स्थानीय तहमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ । तनहुँका स्थानीय तहले विभिन्न कार्यक्रमको आयोजना गरि १६ दिने अभियान मनाईरहेका छन् । ‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितताः महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने नाराका साथ यो अभियान मनाईएको छ ।
म्याग्दे गाउँपालिकाले विहिबार वडा नम्बर २ को कार्यालयमा लैङ्गिक हिंसा विरुद्ध वडा स्तरीय अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।
त्यसैगरि बन्दिपुर गाउँपालिकाले इलाका प्रहरी कार्यालय समन्वयमा विहिबार वडा नम्बर ३ मा लैङ्गिक हिंसा विरुद्ध कानुनी सचेतनाको कार्यक्रम आयोजना गरेको छ । सो कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष पन्चमाया गुरुङ्ग, वडा अध्यक्ष परमेश्वर भट्टराई, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले लैङ्गिक हिंसाको विरुद्धमा कडा कानुनी प्रबन्ध गर्नुपर्ने बताए ।
आबुँखैरेनी गाउँपालिकाले भने आज शुक्रबार आबुँखैरेनी बजारमा सचेतना प्रभातफेरी ¥यालीको आयोजना गर्ने भएको छ ।
यस्तै देवघाटले मंसिर १७ गते १६ दिने अभियान तथा अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा अपाङ्गता भएका व्यक्तिहरुकोलागि कानुनी सचेतना सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ ।