बन्दिपुरका सामुदायिक विद्यालयमा स्वअध्यायन सामाग्री र ट्यावलेट हस्तान्तरण

Devghat Online

शेयर गरौ

बन्दिपुर, मंसिर २१

बन्दिपुर गाउँपालिकामा आइमिन परियोजनाको पालिकास्तरीय स्तरीय समिक्षा, स्वअध्ययन सामाग्री वितरण र ट्यावलेट हस्तान्तरण सम्पन्न भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा जाइकाको आर्थिक सहयोगमा सन्चालीत आइमिन कार्यक्रमको समिक्षा र अनुभव आदान प्रदान तथा सामाग्री हस्तान्तरण गाउँपालिकाको सभाहलमा सम्पन्न भएको हो ।

कार्यक्रममा बन्दिपुर गाउँपालिकामा रहेका ३१ सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको सहभागिता रहेको थियो । परियोजनाको सहयोगमा पाठ्यक्रम विकास केन्द्रबाट निर्माण गरिएका कक्षा १–३ का गणित विषयको स्वअध्याय सामाग्री वितरण र सो को प्रयोगका बारेमा समेत सहजिकरण भएको थियो । कार्यक्रमको अन्तक्रियात्मक सत्रमा सहभागिहरुले परियोजना शैक्षिक गुणस्तर सुधार गर्न परियोजना निकै महत्वपुर्ण रहेको बताएका थिए ।

सो कार्यक्रममा बन्दिपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवेशराज हमालले कुनै पनि कार्यक्रम गाउँपालिकासँगको समन्वयमा गर्दा दोहोरो नहुने र प्रभावकारिता समेत वढ्ने जुन यो परियोजनाको माध्ययमबाट भएको र भावि दिनमा समेत समन्वय र सहकार्यमा शिक्षा क्षेत्रमा लाग्नु पर्ने बताए ।

बन्दिपुर गाउँपालिका शिक्षा शाखा प्रमुख विष्णु खत्री क्षेत्रीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा बोल्दै शिक्षा तथा मानवस्रोत विकास केन्द्रका शाखा अधिकृत प्रकाश कुमार खरेलले प्रारम्भिक कक्षा १, २ र ३ का बालबालिकाहरुका लागि गणित विषयको सिकाई उपलब्धी बृद्धि गर्दै सिकाई सुदिृढिकरणका लागि शिक्षकहरुको क्षमता अभिबृद्धि गर्ने काम राम्रो रहेको बताए । गणित विषय अफैमा कठिन विषय हो भन्ने बुझाईलाई कम गर्दै गणित रमाइलोसँग गर्दै सिक्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिन अनुरोध गरे ।

सो कार्यक्रममा शिक्षा समन्वय इकाई तनहुँका प्रमुख उद्ववराज कट्टेल, परियोजना अधिकृत रविन्द्र आचार्यले लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो