काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धनसँग तालमेल गर्ने प्रयासमा रहेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ ।अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभा सदस्य निर्वाचनसहित समसामयिक विषयहरूमा छलफल गर्न सचिवालय बैठक बोलाएका छन् । बैठक च्यासलस्थित केन्द्रीय कार्यालयमा शुक्रबार दिउँसो साढे १२ बजे बस्ने एमाले केन्द्रीय कार्यालयले जनाएको छ ।राष्ट्रिय सभामा २० सदस्यको पदावधि सकिँदैछ । त्यसमध्ये ९ जना नेकपा एमालेबाट छन् । सत्ता गठबन्धनमा हुन लागेको भागबण्डामा एमालेले ६ सिट दाबी गरेको छ भने त्यसबारे एमालेभित्रै दुई थरी मत छन् ।शुक्रबारको बैठकले त्यसबारे निर्णय लिने नेताहरूले बताएका छन् ।

भिमादको बजेट ६६ करोड ३४ लाख
तनहुँ । असार १० भिमाद नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ को लागि ६६ करोड ३४












