अर्कैको नाममा ट्रायल दिने भानु नपाका कार्यालय सहयोगी पक्राउ

Devghat Online

शेयर गरौ

दमौली, माघ १०

अर्कैको नाममा ट्रायल दिएका भानु नपा–४ का ३० बर्षिय पुर्ण थापा मगरलाई प्रहरीले पक्राउ गरेको छ ।

थापाले मंगलबार यातायात व्यवस्था कार्यालय बन्दिपुर–४ बिमलनगरमा सञ्चालित बर्ग ए को मोटरसाईकलको प्रयोगात्मक परिक्षा (ट्रयाल) मा भानु नपा–४ का ३५ बर्षिय सुरेश थापा मगरको नाममा सहभागी भएको प्रहरीले जनाएको छ । पक्राउ परेका थापा भानु नगरपालिकाका करार सेवाका कार्यालय सहयोगी हुन् ।

उक्त परिक्षामा पुर्ण थापा मगर उपस्थित भई निज सुरेश थापा मगरको नाममा किर्ते सही छाप गरी प्रयोगात्मक परिक्षामा सहभागी भएको अवस्थामा फेला परेको हुँदा निजलाई पक्राउ गरी किर्ते सम्बन्धी कसुरमा तनहुँ जिल्ला अदालतबाट बुधबार पाँच दिनको म्याद थप गरि हिरासतमा राखी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

शुक्लागण्डकीमा टाटा सुमो दुर्घटना हुँदा चालकसहित १२ जना घाइते

तनहुँ । साउन १२ शुक्लागण्डकी नगरपालिका–१२ सिम्लेस्थित भित्री सडक खण्डमा मंगलबार यात्रुबाहक टाटा सुमो दुर्घटना

निरन्तर पहिरो झर्न थालेपछि मुग्लिन–नारायणगढ सडकमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालनमा रोक

चितवन । साउन १२ मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत मुग्लिन बजार नजिकै नारायणगढतर्फ सुक्खा पहिरो खसेर