मानवअधिकार एलायन्स शुक्लागन्डकीको भेला सम्पन्न

Devghat Online

शेयर गरौ

दुलेगौंडा, माघ १०

राष्ट्रिय मानब अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानवअधिकार एलायन्स) को शुक्लागण्डकी नगरपालिका स्तरीय भेला सम्पन्न भएको छ । नेकपा एमाले निकट उक्त संगठनको नगर भेलाले भेलाले नवराज श्रेष्ठको अध्यक्षतामा नगर कमिटी गठन गरेको छ ।

कमिटिको उपाध्यक्षा टिकाराम रिमाल, सचिवमा सन्तुमाया ढुङ्गाना, कोषाध्यक्षमा ईश्वरी भण्डारी तथा सदस्यहरुमा नारायणी वाग्ले पौडेल, रूपेश बराइली, बिष्णु थापा, कमला सिग्देल, दिपबहादुर थापा र प्रेम परियार रहेका छन् ।

मानवअधिकार एलायन्स तनहुँ जिल्ला कमिटिकी अध्यक्ष लक्ष्मी सिग्देलको अध्यक्षतामा आयोजित सो कार्यक्रममा नेकपा एमाले गन्डकी प्रदेश कमिटी सदस्य कमल ढकाल, शुक्लागन्डकी नगर कमिटिका अध्यक्ष मुक्तिनाथ तिम्सिना, नगर सचिव रघुनाथ पौडेल, मानवअधिकार एलाइन्स गन्डकी प्रदेश कमिटीका सचिव तिर्थराज खनाल तथा नेपाल उत्पीडित जातीय मुक्ति समाज तनहुँका जिल्ला अध्यक्ष भरत लामगादले लगायतले मन्तव्य राखेका थिए ।

सो कार्यक्रमको सन्चालन इश्वरी भण्डारीले तथा स्वागत मन्तव्य मानवअधिकार एलाइन्स जिल्ला कमिटी उपाध्यक्ष सरस्वती पोख्रेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नीजि विद्यालयलाई शुल्क र छात्रबृत्ति मापदण्ड पालन गर्न बन्दीपुरको निर्देशन

तनहुँ । बैशाख ९ बन्दीपुर गाउँपालिकाले संस्थागत विद्यालयलाई शुल्क र छात्रवृत्ति मापदण्ड कडाईका साथ पालना

सरकारी विज्ञापन सरकारी सन्चारमाध्यमलाई मात्र दिने निर्णय विरुद्ध पत्रकार महासंघको आन्दोलन

काठमाडौं । बैशाख ९ तीन तहकै सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को