माघमा पनि चितवनमा डेंगीको संक्रमण

शेयर गरौ

चितवन,११ – माघ

जाडो याममा समेत चितवनमा डेंगीको संक्रमण देखिएको छ भने पछिल्लो २४ घण्टामा तीन जना संक्रमित भेटिएका छन्।स्वास्थ्य कार्यालय, चितवनका अनुसार पुस र माघमा पनि डेंगीको संक्रमण देखिएको हो। कार्यालयले बिहीबार सार्वजनिक गरेको तथ्यांकमा पछिल्लो २४ घण्टामा तीन जनामा डेंगीको संक्रमण भेटिएको छ।

डेंगीको संक्रमण देखिएका एक जना रत्ननगर नगरपालिकाका र दुई जना बाहिरी जिल्लाका छन्। यस्तै, माघ १० मा भरतपुरका दुई जनामा डेंगी संक्रमण भेटिएको थियो।माघ ३ गते राप्ती नगरपालिकाका एक जनामा संक्रमण पुष्टि भएको कार्यालयले जनाएको छ।

पुस महीनामा १३ जनामा डेंगी संक्रमण भएकोमा आठ जना चितवनका र पाँच जना बाहिरी जिल्लाका छन्।गत साउनदेखि हालसम्म २१ हजार ४६४ जनामा गरिएको परीक्षणमा एक हजार ६२७ जनामा डेंगीको संक्रमण भेटिएको छ। जसमा चितवनका एक हजार १६८, चितवन बाहिरका ३२० र ठेगाना नखुलेका १३७ जना छन्।यस अवधिमा एक जना संक्रमितको भने मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले बताए।

“जाडो महीनामा फाट्टफुट्ट रूपमा केसहरू आइरहेका छन्,” केसीले भने, “पानी जमेका टायर, भाँडाकुँडामा पानी भइरहेकाले डेंगी फैलाउने लामखुट्टेका लार्भा हुर्कन पाई संक्रमण देखिएको हो।”जाडो याममा तापक्रम कम हुने हुँदा गर्मीको जस्तो छिटो संक्रमण नफैलिए पनि केही संख्यामा संक्रमित भेटिएकाले सतर्कता अपनाउनुपर्ने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

डेढगाउँ पुलः नवलपुरतर्फ एप्रोच सडक बन्यो, तनहुँतर्फ काम सुरु नहुँदा यातायात अवरुद्ध

तनहुँ । असोज २० कालीगण्डकी नदीमा आएको बाढीले बगाएको डेढगाउँस्थित पुलको नवलपुरतर्फ अस्थायी सडक निर्माण

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल