देवघाट जाने झोलुङ्गे पुल मर्मतकोलागि ४ घन्टा बन्द हुने

Devghat Online

शेयर गरौ

देवघाट, माघ ११

तनहुँको देवघाट गाउँपालिका र चितवनको भरतपुर महानगरपाकिो देवघाट जोड्ने त्रिशुली नदीको झोलुङ्गे पुल मर्मतको लागि शुक्रबार ४ घन्टा बन्द हुने भएको छ । पुल मर्मतकोलागि आज बिहान ११ बजेदेखी अपरान्ह ४ बजेसम्म पुल बन्द गरिने देवघाट क्षेत्र विकास समितिले जनाएको छ ।

२०३७ सालमा निर्मित उक्त उक्त झोलुङ्गे पुल हाल निकै जिर्ण अवस्थामा रहेको क्षेत्र विकास समितिले जनाएको छ । उक्त पुल हुँदै दैनिक सयौंको संख्यामा भक्तजन देवघाट प्रवेश गर्ने र मेला, महोत्सव तथा यज्ञहरुमा दैनिक हजारौं भक्तजनले यही पुल प्रयोग गर्ने साथै सयौं स्थानीयहरुले मोटरसाईकल समेत वारपार गर्ने भएको कारणले पुल जिर्ण हुँदै गएको छ । गत माघे संक्रान्ति मेलामा उक्त पुल हुँदै लाखौं भक्तजनले वारपार गरेका थिए ।

उक्त पुल जिर्ण अवस्थामा रहेकोले हाल सस्पेन्सन बृज डिभिजन कार्यालय पुल्चोक ललितपुरबाट खटिएका प्राविधिकहरुबाट पुलको मर्मत भईरहेको हुँदा मर्मतकै लागि शुक्रबार विहान ११ बजेदेखी अपरान्ह ४ बजेसम्म पुलमा आवतजावत बन्द गरिने देवघाट क्षेत्र विकास समिति सुचना प्रकाशित गरि जानकारी दिएको छ ।

स्थानीयबासी, भक्तजन तथा अन्य सर्वसाधरणलाई सहज र सुरक्षित आवागमनको लागि पुल मर्मतमा आवश्यक सहयोग गर्न देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो