घिरिङमा स्थानिय पाठ्यक्रम निर्माणका लागि बिषयबस्तु संकलन

Devghat Online

शेयर गरौ

अन्जान परियार
घिरिङ, माघ ११

घिरिङ गाउँपालिकामा स्थानिय पाठ्यक्रम निर्माणका लागि बिषयबस्तु संकलन कार्यक्रम गरिएको छ । गाउँपालिकाले ५ वटै वडाको छुट्टा–छुट्टै कार्यक्रम आयोजना गरि बिषयबस्तु संकलन गरेको हो । वडा नम्बर ३ कार्यालयमा बुधबार एक कार्यक्रम आयोजना गरि शैक्षिक सरोकारवाला, राजनितिक दलका प्रतिनिधिहरु, स्थानिय बुद्धिजीवीहरु, पत्रकार र प्रहरीको उपस्थितीमा उक्त बिषयमा छलफल गरिएको थियो ।

स्थानीय पाठ्यक्रम निर्माणको लागि गाउँपालिका भित्रका बिशेष मौलिक विशेषताहरू खोजी गरी पाठ्यक्रममा समावेश गर्न आवश्यक भएकाले त्यस्ता विषयवस्तुहरू सङ्कलन गर्न सबैले सहयोग गर्नु पर्ने वडा अध्यक्ष थापाले जानकारी दिए ।

सो कार्यक्रममा घिरिङ गाउँपालिका शिक्षा तथा खेलकुद शाखाका प्रमुख बाबुराम गैह्रेले स्थानीयको जानकारी अनुभव तथा धारणाहरू संकलनको लागि स्थानीय पाठ्यक्रम सर्वेक्षण फारम वडा कार्यालय बाट बितरण गरि सो फारममा गाउँठाउँमा भएका मुर्त अमुर्त सम्पदा, धार्मिक स्थल, पर्यटकिय स्थल, घिरिङको इतिहास, नैतिक शिक्षा, लोक उपचार, खेलकुद, स्थानिय पेशा, ब्यवसाय, उत्पादन, उद्योग, सीप, जिवनी लगायतका बिषयमा आफ्नो अनुभव तथा जानकारीमा भए सम्मका वास्तविक सूचनाहरू फारममा उल्लेख गर्न अनुरोध गरे ।

कार्यक्रममा घिरिङ गाउँपालिकाका निवर्तमान अध्यक्ष रन बहादुर राना, नेपाली कांग्रेस जिल्ला सल्लाहकार सदस्य सुर्य कुमार श्रेष्ठ, माओबादी केन्द्र घिरिङका अध्यक्ष चुन नारायण श्रेष्ठले आफ्नो धारणा राखेका थिए भने वडाका जनप्रतिनिधि र टोल बिकास प्रतिनिधिहरुले फारममा आफ्नो सुझाब पेस गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो