बाँदर नियन्त्रणका लागी रुख काट्ने वडा कार्यालयको अभियानमा महानगरको रोक

Devghat Online

शेयर गरौ

पोखरा, माघ १६

बाँदर नियन्त्रणका लागी रुख काट्ने वडा कार्यालयको अभियानमा पोखरा महानगरपालिकाले रोक लगाएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर १९ वडा कार्यालयले बाँदर नियन्त्रणका लागी रुख काट्ने अभियान सुरु गरेको थियो ।

तर, महानगरपालिकाबाट कुनै निर्णय नभएको भन्दै रुख काट्ने, फाँड्ने नगर्नु, नगराउन महानगरपालिकाले निर्देशन दिएको हो ।

महानगरपालिका मेयर धनराज आचार्यले सामाजिक सञ्जालमार्फत रुख काट्ने, फाँड्ने काम नगर्न निर्देशन दिएको जनाएका छन् ।

‘आफ्नो रुख आफै काटौँ अभियान’ भनेर रुख काट्न आह्वान गरेको भन्ने सूचना प्रकाशित भएको सन्दर्भमा यस सम्बन्धमा स्थानीय सरकार सञ्चालन ऐन बमोजिम महानगरपालिकाबाट कुनै निर्णय नभएको ले सो सम्बन्धी कुनै पनि कार्य रुख काट्ने फाँड्ने नगर्नु नगराउनु हुन सम्बन्धित सबैलाई जानकारी गराइसकिएको छ’, उनले लेखेका छन् ।

वडा कार्यालयले सोमबार सूचना जारी गर्दै लामाचौर पुरुन्चौर क्षेत्र बाँदरबाट अति प्रभावित क्षेत्र भएको भन्दै नियन्त्रणका लागि १० दिनभित्र आफ्नो घर वरपरका रुखहरू कटान गर्न आग्रह गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको