बाँदर नियन्त्रणका लागी रुख काट्ने वडा कार्यालयको अभियानमा महानगरको रोक

Devghat Online

शेयर गरौ

पोखरा, माघ १६

बाँदर नियन्त्रणका लागी रुख काट्ने वडा कार्यालयको अभियानमा पोखरा महानगरपालिकाले रोक लगाएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर १९ वडा कार्यालयले बाँदर नियन्त्रणका लागी रुख काट्ने अभियान सुरु गरेको थियो ।

तर, महानगरपालिकाबाट कुनै निर्णय नभएको भन्दै रुख काट्ने, फाँड्ने नगर्नु, नगराउन महानगरपालिकाले निर्देशन दिएको हो ।

महानगरपालिका मेयर धनराज आचार्यले सामाजिक सञ्जालमार्फत रुख काट्ने, फाँड्ने काम नगर्न निर्देशन दिएको जनाएका छन् ।

‘आफ्नो रुख आफै काटौँ अभियान’ भनेर रुख काट्न आह्वान गरेको भन्ने सूचना प्रकाशित भएको सन्दर्भमा यस सम्बन्धमा स्थानीय सरकार सञ्चालन ऐन बमोजिम महानगरपालिकाबाट कुनै निर्णय नभएको ले सो सम्बन्धी कुनै पनि कार्य रुख काट्ने फाँड्ने नगर्नु नगराउनु हुन सम्बन्धित सबैलाई जानकारी गराइसकिएको छ’, उनले लेखेका छन् ।

वडा कार्यालयले सोमबार सूचना जारी गर्दै लामाचौर पुरुन्चौर क्षेत्र बाँदरबाट अति प्रभावित क्षेत्र भएको भन्दै नियन्त्रणका लागि १० दिनभित्र आफ्नो घर वरपरका रुखहरू कटान गर्न आग्रह गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

म्याग्दे गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट निर्माणमा नागरिकको राय सुझाव संकलन गर्ने

तनहुँ । बैशाख ७ तनहुँको म्याग्दे गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८२/०८३ को नीति तथा कार्यक्रम

गुरुकुल शिक्षा प्रति आकर्षण बढ्दै, देवघाटका गुरुकुलमा चाप थेग्न नसकेपछि प्रवेश परिक्षा

देवघाट । बैशाख ६ देवघाट गाउँपालिका–५ मा सन्चालित महेश संस्कृत गुरुकुलमले आगामी शैक्षिक सत्रकोलागि ३२

लोकप्रिय स्वास्थ्य क्लिनिकमा भएको निशुल्क शिबिरबाट ३४१ सेवाग्राही लाभान्वित

तनहुँ । बैशाख ६ लोकप्रिय स्वास्थ्य क्लिनिक दमौलीको आयोजना र यूआरएलको प्राविधिक सहयोगमा शनिबार भएको

बन्दीपुर केवलकार उद्यमशील पत्रकारिता पुरस्कार भट्टराई, अधिकारी र नेपालीलाई प्रदान

तनहुँ । बैशाख ६ बन्दीपुर केवलकार उद्यमशील पत्रकारिता पुरस्कारबाट प्रकाशचन्द्र भट्टराई, धनपति अधिकारी र सानेबहादुर