सहिद दिवसको अवसरमा व्यासले आयोजना गर्यो अल्ट्रा म्याराथन

Devghat Online

शेयर गरौ

दमौली, माघ १६

व्यास नगरपालिकाको आयोजनामा शहिद दिवसको अवसरमा आज सातौं व्यास अल्ट्रा म्याराथन प्रतियोगिता आयोजना गरेको छ । व्यास नगरपालिका वडा नम्बर ५ को पर्यटकीय स्थल मानुङदेखी व्यास नपा–८ को शहिदपार्क पुलिमराङसम्मको ४४ किलोमिटरको दुरीमा अल्ट्रा म्याराथन प्रतियोगिता आयोजना गरिएको हो । ‘पर्यटकीय ऐतिहाँसिक क्षेत्रको पहिचान व्यास नगरपालिकाको अभियान’ भन्ने मुल नाराका साथ आज सातौं व्यास नगर अल्ट्रा म्याराथन प्रतियोगिता–२०८० भएको हो ।

उक्त प्रतियोगिताको महिला बालबालिका, जेष्ठ नागरिक तथा समाजकल्याण मन्त्री सुरेन्द्रराज आचार्यले विहान ७.३० बजे मानुङमा उद्घाटन गरे । म्याराथनको समापन कार्यक्रम व्यास नपा–८ को पुलिमराङमा हुने छ । उक्त प्रतियोगितामा सहभागी हुन २ बिदेशी सहित ११४ जना धावकहरु सहभागी भएको व्यास नगरपालिकाका शिक्षा तथा खेलकुँद शाखाका प्रमुख नविन पुराजुलीले जानकारी दिए ।

प्रतियोगितामा प्रथम, द्वित्तिय र तृतिय हुनेलाई क्रमशः ८५ हजार ८०, ६५ हजार ८०, ५५ हजार ८० तथा सान्त्वना हुने ५ जनालाई जनही १६ हजार ८० रुपैयाँ नगद पुरस्कार दिईनेछ । म्याराथन मानुङकोट सिद्ध मार्ग हुँदै अलैचे–चापाघाट–पृथ्वीराजमार्ग हुँदै दुर्गा मन्दिर–अनसन चौतारी दमौली–सफासडक–भोर्लेटारचोक–बैरेनी–दुम्सी खहरे–कलेस्ती–बोटेटार–पाथ्रा–सत्रसय–कालिका मार्ग हुँदै बानियाँ डिही–बर्लाची–सोतीवेशी–बगुवा रिस्ती–बाहुन पोखरा गाडापानी हुँदै पुलिमराङ शहिद पार्कमा पुगेर टुङ्गिन्छ ।

मानुङ क्रान्तिकारी किसान नेता स्व. एकदेव आलेको जन्मस्थान पनि हो । एकदेव आलेको नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपुर्ण भुमिका रहेको छ । त्यस्तै पुलिमराङ यस्तो पवित्र भुमी हो, जसले ६ जना शहीदहरु जन्माएको छ । २००७ सालको राणा शासन विरुद्धको आन्दोलनको क्रममा तनहुँको तत्कालिन सदरमुकाम बन्दिपुर कब्जा गर्ने क्रममा पुलिमराङका धर्मध्वज गुरुङ शहादत प्राप्त गरेका थिए ।

बन्दिपुर कब्जाको नेतृत्व उनै मानुङका एकदेव आलेले गरेका थिए । त्यसैगरी २०१८ सालमा समशेर गुरुङले चितवनको भरतपुरमा, भरत गुरुङले सोही ठाँउमा र लालध्वज गुरुङ, सर्वसिंह गुरुङ र हस्तवीर गुरुङले तनहुँको कोत्रेमा सहदत प्राप्त गरेका थिए । ६ जना शहीद जन्माउने पवित्र भुमीमा पुलिमराङमा पुगी म्याराथन समापन गरिन्छ । व्यास नगरको दुई ऐतिहाँसिक भुमीलाई खेलको माध्यमबाट जोड्नको लागि व्यास नगरपालिकाले सात वर्ष अघि देखी अल्ट्रा म्याराथन प्रतियोगिता आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट सार्वजानिक पुस्तकालयलाई मैयादेवी ट्रष्टको १ लाख १० हजार सहयोग

देवघाट, मंसिर २५ देवघाट गाउँपालिका–५ मा निर्माणाधिन देवघाट सार्वजानिक पुस्तकालय निर्माणकोलागि चितवन स्थित मैयादेवी ट्रष्टले

जिल्ला सभागृह सन्चालनको जिम्मेबारी व्यास नरपालिकाले लिने

दमौली, मंसिर २३ जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको जिल्ला सभागृहको सन्चालनको जिम्मेबारी व्यास नगरपालिकाले लिने