स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकनमा म्याग्दे गाउँपालिका गण्डकी प्रदेशमा नै पहिलो

Devghat Online

शेयर गरौ

दमौली, माघ १६

स्थानीय तह संस्थागत क्षमता स्व–मुल्यांकनमा तनहुँको म्याग्दे गाँउपालिका गण्डकी प्रदेशमा नै पहिलो भएको छ । लिजामा सार्वजनिक गरिएको आर्थिक वर्ष ०७९÷८० को नतिजा अनुसार म्याग्दे गााउपालिका प्रदेशमा नै ९४.५ अंक प्राप्त गरि पहिलो वन्न सफल भएको हो ।

स्थानीय तहको कार्य प्रक्रिया र उपलब्धीहरुको बारेमा लेखाजोखा गरि सवल र दुर्बल पक्षको पहिचान गर्न, विकास तथा सुशासनमा रहेका कमी कमजोरीहरुको जानकारि लिन, आवधिक समिक्षाको आधार प्राप्त गर्न र गाउँपालिका र नगरपालिकाहरु बीचमा तुलनायोग्य सुचकहरु तर्जुमा गरि प्रतिश्र्धात्मक सुधारमा अग्रसर गराउनकोलागि स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकन कार्यविधि २०७७ अनुसार स्वमुल्यांकन गरि नतिजा सार्वजानिक गरिन्छ ।

सोही अनुसार म्याग्दे गाउँपालिकाको आर्थिक वर्ष ०७९÷८० को संस्थागत क्षमता स्वमुल्यांकनको नतिजा सोमबार बसेको कार्यपालिकाको बैठकले अनुमोदन गरि सार्वजानिक गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अधिकारीले बताए ।

लिजाको नियम अनुसार विभिन्न १० वटा शिर्षकमा स्व–मुल्यांकन हुनेछ । जसमा म्याग्दे गाँउपालिकाले शासकीय प्रवन्धमा ९ अंकभारमा ९ अंक नै प्राप्त गरेको छ भने संगठन तथा प्रशासनमा ८ अंकभारमा ८ अंक, वार्षिक वजेट तथा योजना व्यवस्थापनमा ११ अंकभारमा ११ अंक, वित्तिय तथा आर्थिक व्यवस्थापनमा ११ अंकभारमा ११ अंक, सेवा प्रवाहमा १६ अंकभारमा १५ अंक, न्यायिक कार्य सम्पादनमा ७ अंकभारमा ६.५ अंक, भौतिक पुर्वाधारमा १३ अंकमा ११.५ अंक, सामाजिक समावेशीकरणमा १० अंकभारमा ९.५, वातावरण संरक्षण् तथा विपद व्यवस्थापनमा ९ अंकभारमा ८.२५ र सहकार्य र समन्वयमा ६ अंधारमा ४.७५ अंक प्राप्त गरि कुल १०० अंकभारमा ९४.५ प्राप्त गरि गण्डकी प्रदेशमा नै पहिलो बनेको हो ।

म्याग्दे गाउँपालिकाले शासकीय प्रवन्ध, संगठन तथा प्रशासन र वार्षिक वजेट तथा योजना व्यवस्थापनमा शत प्रतिशत नतिजा निकालेको छ ।

लिजामा प्रकाशित नतिजा अनुसार म्याग्दे गाँउपालिकाले समग्र स्थितीमा ९७.६२ प्रतिशत, प्रक्रियागत स्थितीमा ९५.५९ प्रतिशत र परिमाणात्मक स्थितीमा ९२.२२ प्रतिशत नतिजा प्राप्त गरेको छ ।

गण्डकी प्रदेश भरिका गाउँपालिका मध्ये स्वमुल्यांकन नतिजामा म्याग्दे गाँउपालिका प्रदेशको नै पहिलो पालिका बनेको हो । उक्त स्वमुल्यांकनमा स्याङजाको अर्जुनचौपारी गाउँपालिका दोश्रो र तनहुँको आवुखैरेनी गाँउपालिकाले तेश्रो स्थानमा रहेको छ । आवुँखैरेनीले स्वमुल्यांकनमा कुल १०० अंकभारमा ९३.२५ अंक प्राप्त गरेको थियो ।

उक्त स्वमुल्यांकनको नतिजा पछि स्थानीय तहले गर्ने मुल्यांकनको आधारमा प्रदेश र संघीय मन्त्रालयले उत्कृष्ट पालिका घोषणा गर्ने कार्यविधिमा उल्लेख छ । म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले अहिलेको नतिजा सन्तोषजनक भएपनि अझ सतप्रतिशत नतिजा निकाल्ने गरि कार्य सम्पादन गर्नु पर्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको