मानवअधिकार समूहको अनुभव आदान प्रदान भ्रमण सम्पन्न

Devghat Online

शेयर गरौ

मधु पन्थी (पोखरा), माघ १६

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित कास्की र नवलपुरका मानवअधिकार समूहका सदस्यहरुबिचको अनुभव आदान प्रदान भ्रमण ०८० माघ १४ गते सम्पन्न भएको छ ।

कास्कीको माछापुच्छ्रे र मादी गाउँपालिका र नवलपुरको मध्यबिन्दु र देवचुली नगरपालिकाका मानवअधिकार समूहका सदस्यहरुलाई चितवन जिल्लाको इच्छाकामना गाउंपालिकाको मानवअधिकार समूहका सदस्यहरुसंग भेटघाट गरि अनुभव आदान प्रदान गरिएको थियो ।

कार्यक्रममा इच्छाकामना गाँउपालिका अध्यक्ष दान बहादुर गुरुङले मानवअधिकार समूहले समय समयमा गाँउपालिकामा विज्ञप्तीहरु मार्फत खबरदारी गराउने काम गर्ने गरेको बताए । उनले जनप्रतिनिधीहरुको सबै तिर ध्यान नपुगेको पनि हुन सक्ने अवस्था रहेको र कहिले काँही अन्जानमा पनि सहि बाटो पहिल्याउन नसकेकोमा बाटो देखाउने काम इन्सेकको मानव अधिकार समूहले गरेको जानकारी गराए ।

उनले जनप्रतिनिधीहरु पनि सबै कुरामा विज्ञ नभएको तर जनताहरुमा सबै कामहरु जनप्रतिनिधीले जानेका छन् भन्ने मान्यता रहेको उनले बताए । उनले अन्य प्रदेशको साथीहरुबाट पनि धेरै कामहरु सिकेर गर्नु पर्ने अवस्था रहेको र समाजमा रहेका विभिन्न हिंसाहरुलाई कसरी समाधान गर्न सकिन्छ भन्ने कुरामा सबै लाग्नु पर्ने बताए ।

माछापुच्छ्रे गाँउपालिकाको मानवअधिकार समूहका सहसचिव कुल प्रसाद अधिकारीले आफ्नो गाँउपालिकामा भएका असल अभ्यासहरुको बारेमा जानकारी गराए । जसमा मानवअधिकार दिवसहरु मनाउनको लागि गाँउपालिकालाई झक्झकाउने गरेको, मागदावीहरु पेश गर्ने गरेको, मानवअधिकार प्रवद्र्धन कार्यक्रममा गाँउपालिकाबाट बजेट छुट्याउन पहल गरेको, बालविवाह विरुद्धमा बालबालिकाहरुले सचेतना कार्यक्रमहरु गरेको, सरसफाई कार्यक्रममा गाँउपालिकासंग समन्वय गरेको, स्वास्थ्य चौकी र विद्यालयहरुमा अनुगमन गरेको बारेमा जानकारी गराए । यसै गरि उनले चुनौतिहरुको बारेमा संघ, प्रदेश र स्थानीय सरकार बिचको समन्वयमा काम गर्न सकेमा सजिलो हुने बताए ।

मध्यबिन्दु नगरपालिकाका मानवअधिकार समूहका अध्यक्ष भूपलाल अर्यालले विद्यालयमा अनुगमन गर्ने गरेको, नगरपालिकामा दुई ओटा समन्वय बैठक बसेको, यादव मा.वि.मा अनुगमन पश्चात भएको सकारात्मक पक्षको बारेमा जानकारी गराए । कतिपय विद्यालयहरुमा बालबालिकाको खाजा खर्च बापतका रकम कटाएर शिक्षकहरु राहत कोटामा राखेको पाइएको उनले बताए ।

देवचुली नगरपालिकाका मानवअधिकार समूहका अध्यक्ष कृष्ण बहादुर बि.कले हिउँदे नगर सभामा विभिन्न मागदावीहरु पेश गरेको बारेमा जानकारी गराए ।

मादी गाँउपालिकाका मानव अधिकार समूहका सचिव ऋषिराम सापकोटाले बालबालिकाहरुले देउसी भैलो खेलेर संकलन गरेको रकमले विद्यालयमा प्राथमिक उपचारका सामाग्रीहरु वितरण गरेको र विभिन्न समयमा मागदावीहरु गर्ने गरेको जानकारी गराए ।

इन्सेक गण्डकी प्रदेशका संयोजक शिवप्रसाद खकुुरेलले गण्डकी प्रदेशमा मानवअधिकार समूहले लक्षित वर्ग, महिला, बालबालिका, जेष्ठ नागरिक, दलित, विपन्न क्षेत्रमा क्रियाशिल रहेर कामगरिरहेको जानकारी गराए । साथै नीति तथा कार्यक्रम र बजेटहरुमा के के कार्यक्रम भइरहेका छन् भनेर स्थानीय सरकारलाई दवाब दिने काम गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट सार्वजानिक पुस्तकालयलाई मैयादेवी ट्रष्टको १ लाख १० हजार सहयोग

देवघाट, मंसिर २५ देवघाट गाउँपालिका–५ मा निर्माणाधिन देवघाट सार्वजानिक पुस्तकालय निर्माणकोलागि चितवन स्थित मैयादेवी ट्रष्टले

जिल्ला सभागृह सन्चालनको जिम्मेबारी व्यास नरपालिकाले लिने

दमौली, मंसिर २३ जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको जिल्ला सभागृहको सन्चालनको जिम्मेबारी व्यास नगरपालिकाले लिने