देवघाट गाउँपालिकाद्वारा नदिजन्य पदार्थ उत्खननको लागि घाट खुल्ला

Devghat Online

शेयर गरौ

देवघाट, माघ १७

देवघाट गाउँपालिकाले नदिजन्य पदार्थको उत्खननको लागि घाट खुल्ला गरेको छ । गाउँपालिकाले बुधबार सुचना प्रकाशित गरि वडा नम्बर ५ स्थित सेती भतेरी घाटबाट नदिजन्य पदार्थ उत्खननकोलागि घाट खुल्ला गरिएको जनाएको छ ।

गाउँ कार्यपालिकाको गत पुस २३ गतेको निर्णयले सो सेती भतेरी घाटबाट नदीजन्य पदार्थ उत्खननकोलागि ठेक्का नलगाई आफैले विक्री व्यवस्थापन गर्ने निर्णय गरेको थियो । सो नदीजन्य पदार्थ उत्खननकोलागि गाउँपालिकाको राजश्व इकाईबाट प्रति घनमिटर ४ सय रुपैयाँको दरले रसिद काटेपछि नियन्त्रण टोकन दिने गाउँपालिकाले निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत गौरीप्रसाद आचार्यद्वारा प्रकाशित सुचनामा जनाईएको छ ।

देवघाट गाउँपालिकाको ढुङ्गा, गिट्टी, बालुवा, माटो उत्खनन, विक्री तथा व्यवस्थापन सम्बन्धि कार्यविधि, २०७९ बमोजिम हुने गरि २०८० माघ २१ गतेदेखी चैत १० गतेसम्मको लागि मात्र नदीजन्य पदार्थ उत्खनन तथा विक्री गरिने गाउँपालिकाले जनाएको छ ।

उत्खनन लागि सम्बन्धित सवारी साधन वडा कार्यालयमा सुचिकरण गरि उत्खननको अघिल्लो दिन नै वडा कार्यालयबाट नियन्त्रण टोकन लिनुपर्ने जनाईएको छ । नदीजन्य पदार्थ उत्खननकोलागि कुनै पनि मेसिन प्रयोग गर्न नपाईने र श्रममुलक प्रविधि मात्र प्रयोग गर्न पाईने गाउँपालिकाले जनाएको छ ।

उत्खनन कार्य विहान ६ देखी बेलुकी ६ बजेसम्म मात्र हुनेछ । देवघाट गाउँपालिकाले नदीजन्य पदार्थ उत्खनन तथा विक्री व्यवस्थापनमा परिमाण नियन्त्रण गर्न तथा चोरीजन्य कार्य रोक्नको लागि सम्बन्धित सबैको सहयोगको अपेक्षा गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चौतर्फी आलोचनापछि दुलेगौँडा–हर्कपुर सडक मर्मत, स्थानीयद्वारा श्रमदान

तनहुँ । साउन १० दुलेगौँडा–हर्कपुर मोटरमार्गअन्तर्गत शुक्लागण्डकी नगरपालिका वडा नम्बर ३ उदेनढुंगामा बिग्रिएर बिजोग बनेको

आदिकवि भानुभक्त क्याम्पस र एकदेव आले स्मृति प्रतिष्ठानबीच समझदारीः शिक्षा, अनुसन्धान र पठन संस्कृतिमा सहकार्य हुने

तनहुँ । साउन ८ उच्च शिक्षा संस्था र सामुदायिक संस्थाबीचको सहकार्यलाई संस्थागत, प्रभावकारी तथा दीर्घकालीन