हरियाली अभियानद्वारा नगरपालिकामा दर्ता नै नभई व्यवसाय सन्चालन, कार्यपालिका सदस्य कानुन विपरित परियोजना प्रमुख

Devghat Online

शेयर गरौ

दमौली, माघ १९

भानु नगरपालिकाकी कार्यपालिका सदस्य प्रविना थापा मगर परियोजना प्रमुख भई सन्चालित भानु हरियाली प्राकृतिक कृषि परियोजनाले भानु नगरपालिकामा व्यवसाय दर्ता नै नगरिकन व्यवसाय सन्चालन गरेको पाईएको छ ।

हरियाली अभियानको नाममा २०७६ साउन १७ गते कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भएको उक्त प्राईभेट कम्पनीले नगरपालिकामा कानुन अनुसार व्यवसाय दर्ता गरेर मात्र कारोबार गर्नु पर्नेमा त्यो प्रक्रिया पुरा नगरेको नगरपालिका
श्रोतले जनाएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले उक्त कम्पनीले व्यवसाय दर्ता नै नगरिकन सन्चालन गरेको बताए । ‘व्यवसाय दर्ता गरेको बारेमा मलाई जानकारी छैन’ प्रमुख प्रशासकीय अधिकृत पौडेलले भने ‘दर्ता नगरि व्यवसाय गर्नु गैरकानुनी हो ।’ प्राईभेट कम्पनी भए व्यवसाय दर्ता गर्नु पर्ने र गैरसरकारी संस्था भए सुचिकरण भई नगरसभाबाट कार्यक्रम पारित गर्नु पर्ने पौडेलले बताए । तर उक्त हरियाली अभियानले भने उक्त प्रक्रिया पुरा गरेको छैन ।

व्यवसाय दर्ता नगरेपनि उक्त कम्पनीले नगरपालिकासँग कारोबार गर्न सुचि दर्ता भने गरेको छ । उक्त कम्पनीले गत पुस १८ गते नगरपालिकामा सुचि दर्ता गरेको थियो । देशमा प्राकृतिक कृषि उत्पादन मार्फत उत्पादनमा बृद्धि र रसायनिक मल तथा विषादीमुक्त क्षेत्र निर्माण अभियान सन्चालन गर्ने तथा कृषि उपजको अत्याधिक उत्पादन, कृषकलाई आत्मनिर्भर र युवाहरुलाई व्यवसायी बनाउने उद्देश्यले सो कम्पनीले भानु नगरपालिकामा भानु हरियाली कृषि परियोजना सन्चालन गर्न लागेको छ ।

परियोजना सन्चालनकोलागि सो कम्पनीले भानु ४० जना व्यवसायिक परिचालकको विज्ञापन आह्वान गरेको छ । गत माघ ४ गतेको मितिमा एक साता मितिको सुचना प्रकाशित गरि परियोजना प्रभावकारी ढङ्गले सन्चालनको लागि ४० जना व्यवसायिक परिचालकको विज्ञापन आह्वान गरेको थियो । व्यवसायिक परिचालकको मासिक पारिश्रामिक ३५ हजार रुपैयाँ तोकेको छ ।

उक्त कम्पनीको परियोजना प्रमुखमा रहेकी प्रविना थापा मगर भानु नगरपालिकाको कार्यपालिका सदस्य हुन् । उनी पनि गैरकानुनी रुपमा परियोजनाको प्रमुखमा कार्यरत रहेको बुझिएको छ । स्थानीय तहका जनप्रतिनिधिहरु कुनै पनि कम्पनी वा गैरसरकारी संस्था, सहकारी या अन्य संघ संस्थाको लाभको पदमा बस्न नपाईने भएपनि कार्यपालिका सदस्य रहेकी प्रविना उक्त परियोजनाको प्रमुख भएर कार्यरत रहेको बुझिएको छ । एक कानुनका जानकारले कार्यपालिका सदस्यले कुनै पनि कम्पनी वा सरकारी तथा गैर सरकारी संस्थामा लाभको पदमा बसेर काम गर्न नपाउने बताए ।

यसबारेमा बुझ्दा परियोजना प्रमुख थापाले आफु कानुनले दिने गरेरै परियोजनाको प्रमुख भएको दावी गरिन् । उनले आफ्नो कम्पनी भानु नगरपालिकामा दर्ता गरेर सन्चालन गरेको दावी गरेपनि व्यवसाय दर्ताको प्रमाणपत्र माग्दा देखाउन सकिन्न । यद्यपी नगरपालिकामा कारोबारकोलागि सुचि दर्ता गरेको प्रमाण भने उनले देखाएकी थिइन् ।

स्थानीय सरकारमा दर्ता नै नगरि व्यवसाय सन्चालन गर्न खोज्दा उक्त कम्पनी प्रति विश्वास कम भएको स्थानीय एक युवाले बताए । ४० जना युवालाई रोजगारी दिन सक्ने कम्पनीले स्थानीय तहमा दर्ता गरेर मात्र बैधानिक रुपमा व्यवसाय सन्चालन गर्नु पर्ने ति युवाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पस गन्डकी प्रदेशको उत्कृष्ट क्याम्पसको रुपमा पुरस्कृत

दमौली, असोज २ दमौलीको आदिकवि भानुभक्त क्याम्पस गन्डकी प्रदेशको उत्कृष्ट क्याम्पसको रुपमा पुरस्कृत भएको छ

आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष चुमानलाई आउटस्ट्यान्डिङ लोकल गभर्नेस अवार्ड

दमौली, असोज २ आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानलाई आउटस्ट्यान्डिङ लोकल गभर्नेस अवार्ड प्रदान गरिएको छ

आजबाट सोह्र श्राद्ध सुरु

देवघाट, असोज २ प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष