सडक क्षेत्रको संरचना हटाई सडक निर्माणलाई तिब्रता दिलाउन लागे व्यासका वडा सदस्यत्रय

Devghat Online

शेयर गरौ

दमौली, माघ २६

व्यास नगरपालिकाका तिन जना वडा सदस्यहरु सडक क्षेत्रमा रहेको संरचना हटाइ सडक निर्माण कार्यलाई तिब्रता दिलाउन लागिपरेका छन् ।

विभिन्न रचनात्मक कामले यसअघि देखी चर्चामा आएका वडा नम्बर २ का वडा सदस्य शुरेश वाग्ले, वडा नम्बर ३ का दधिराज घिमिरे र वडा नम्बर ४ का सरोज भण्डारीले पृथ्विराजमार्ग विस्तारको क्रममा दमौलीको बुल्दी खोलाको पुलदेखी मादीको पुलसम्मको सडक क्षेत्र भित्र पर्ने संरचना हटाउन लागिपरेका छन् ।

वडा सदस्यत्रय वाग्ले, घिमिरे र भन्डारीले सडक निर्माणमा सहयोग गर्न आग्रह गर्दै शुक्रबार जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेलाई ज्ञापनपत्र समेत बुझाएका छन् । पृथ्वी राजमार्ग क्षेत्र भित्र पर्ने दमौलीको ट्राफिक चोकमा रहेको जिल्ला समन्वय समिति तनहुँको कच्ची संरचनाहरु हटाउन आग्रह गर्दै उनीहरुले जिल्ला समन्वय समिति तनहुँका प्रमुख वाग्लेलाई ज्ञापन पत्र बुझाएका हुन् ।

सडक क्षेत्र भित्र पर्ने संरचना हटाउन अनुरोध गर्दै व्यास नगरपालिकाको वडा नम्बर २, वडा नम्बर ३ र वडा नम्बर ४ को कार्यालयले शुक्रबार सुचना प्रकाशित गरेका थिए । वडा सदस्य वाग्ले, घिमिरे र भन्डारीले उक्त पत्र जिसस प्रमुख वाग्लेलाई बुझाउँदै जिससको संरचना हटाउन अनुरोध गरेका थिए ।

वडा नम्बर ४ का वडा सदस्य सरोज भण्डारीले डुम्रे र छिर्कनमा सडक क्षेत्रमा रहेका संरचना हटाई सडक निर्माणमा सहजिकरण गरिसक्दा दमौलीमा भने घर टहरा अझैपनि नहटाउँदा सडक विस्तारमा अवरोध भएको बताए । उनले सडक क्षेत्रमा पर्ने संरचन जतिसक्दो चाँडो हटाई सडक निर्माण कार्यमा सहजिकरण गर्न बजारबासीलाई अनुरोध गरे ।

व्यास नगरपालिकाले पनि केही दिनअघि बसेको कार्यपालिकाको बैठकले सडक निर्माणमा सहजिकरणका लागि संरचना भत्काउन नगरवासीलाई अनुरोध गर्ने निर्णय गरेको थियो । सडक क्षेत्रमा पर्ने आफ्ना निजी संरचनाहरु पनि तोकिएको मापदण्ड अनुसार हटाई निर्माण कार्यमा सहयोग गरिदिनु हुन सबैलाई आग्रह गरिएको वडा नम्बर ३ का वडा सदस्य दधिराज घिमिरेले बताए ।

वडा सदस्यत्रयले तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष बैकुण्ठनाथ मिश्रलाई पनि वडाबाट प्रेषित पत्र बुझाउदै सडक मापदण्डभित्र पर्ने आफ्नो संरचना हटाई उदाहरणिय कार्यको शुरुवात गर्न आग्रह गरेका थिए ।

मुग्लिन पोखरा सडक निर्माण आयोजना पुर्वी खन्डले आगामी बैशाख मसान्त सम्ममा दमौलीसम्म एकातर्फी कालोपत्र गरिसक्ने लक्ष्य लिएको छ ।

२०८१ बैशाख सम्म निर्माण समयअवधि रहेको उक्त खण्डले निर्धारित समयभित्र दमौलीसम्म एकातर्फी कालोपत्र गरिसक्ने लक्ष्य लिएको भएपनि दमौलीको बुल्दी खोलाको पुलदेखी मादीको पुलसम्मको खन्डमा सडक सिमामा रहेका भौतिक संरचना नहटाउँदा बैशाखसम्म दमौलीमा कालोपत्र गरिसक्ने योजनामा भने धक्का लाग्ने भएको छ ।

मुआब्जाको पहिलो किस्ता लगेका घरधनीले पनि घर भत्काउन अटेर गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट सार्वजानिक पुस्तकालयलाई मैयादेवी ट्रष्टको १ लाख १० हजार सहयोग

देवघाट, मंसिर २५ देवघाट गाउँपालिका–५ मा निर्माणाधिन देवघाट सार्वजानिक पुस्तकालय निर्माणकोलागि चितवन स्थित मैयादेवी ट्रष्टले

जिल्ला सभागृह सन्चालनको जिम्मेबारी व्यास नरपालिकाले लिने

दमौली, मंसिर २३ जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको जिल्ला सभागृहको सन्चालनको जिम्मेबारी व्यास नगरपालिकाले लिने