दमौली, माघ २९
व्यास नपा–१ स्थित आदिकवि भानुभक्त क्याम्पसमा कक्षा ११ र १२ मा विज्ञान विषयमा अध्ययन गर्ने विद्यार्थीहरूको लागि तनाव व्यवस्थापन र सिकाईको प्रभावकारिता विषयमा अभिमुखीकरण कार्यक्रम आइतबार क्याम्पस सभा कक्षमा सम्पन्न भएको छ ।
सो कार्यक्रममा राष्ट्रिय स्तरमा प्रेरक वक्ताको रूपमा पहिचान बनाएका रमेश कंडेलले विद्यार्थीहरुलाई अनुशासित जीवनशैली कस्तो हुन्छ, प्रगतिका लागी आध्यात्म र शान्तिपूर्ण जीवनशैली किन आवश्यक छ, ध्यान, पूर्वीय दर्शन र सनातन सामाजिक मूल्य मान्यताहरूले कसरी विद्यार्थीहरुलाई आत्मबल बलियो बनाउन सहयोग पु¥याउँछ, जीवनमा लक्ष्य कसरी निर्धारण गर्ने र लक्ष्यमा पुग्नको लागि के कस्ता तयारी गर्नुपर्छ भन्ने विषयमा उत्प्रेरणा जगाउने मन्तव्य राखेका थिए ।
अवसरमा क्याम्पस प्रमुख महाप्रसाद हडखले, उपप्राध्यापक सागर न्यौपाने र प्रकाश गैह्रे लगायतको पनि उपस्थिति रहेको थियो ।