पृथ्वीराजमार्गमा पर्ने प्रहरीको संरचना हटाउन माग

Devghat Online

शेयर गरौ

दमौली, माघ २९

पृथ्वीराजमार्ग सडक सिमा भित्र पर्ने प्रहरीको संरचनाहरु हटाउन माग गर्दै व्यास नपा वडा नम्बर २, ३ र ४ का वडा सदस्यहरुले जिल्ला प्रहरी कार्यालयलाई ध्यानाकर्षणपत्र बुझाएका छन् ।

सोमबार वडा सदस्यत्रय क्रमशः शुरेश वाग्ले, दधिराज घिमिरे र सरोज भण्डारीले जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरिक्षक अबदेश विष्टलाई ध्यानकर्षण पत्र बुझाउँदै सडक सिमा भित्र पर्ने प्रहरी कार्यालयको संरचनाहरु हटाउन माग गरेका हुन् ।

प्रहरी कानुन कार्यान्वयन गराउने निकाय भएको हुँदा सबैभन्दा पहिले प्रहरीकै संरचना हटाएर सडक विस्तार आयोजनालाई सघाउन अनुरोध गरिएको व्यास ४ का वडा सदस्य सरोज भण्डारीले बताए । प्रहरीले आफ्नो संरचना हटाए पछि नै अन्य सर्वसाधरणलाई पनि संरचना हटाउन दवाव पर्ने भण्डारीले बताए ।

वडा सदस्य वाग्ले, घिमिरे र भण्डारीले ध्यानाकर्षण पत्र बुझाएपछि एसपी विष्टले राजमार्ग विस्तार कार्यलाई प्रहरीले सहयोग गर्ने बताए । सो लगत्तै सडक आयोजनाका प्राविधिकहरुले जिल्ला प्रहरी कार्यालय अगाडी सडक सिमाको नाप जाँच गरि भत्काउनु पर्ने क्षेत्र टुंगो लगाएका छन् । सडक विस्तारको लागि दमौली बजार क्षेत्रमा सडकको केन्द्र बिन्दुबाट २३÷२३ मिटर दायाँ वायाँ भित्रका संरचना हटाउनु पर्ने हुन्छ ।

पृथ्वी राजमार्ग बिस्तारको क्रममा बजार क्षेत्रमा रहेका ५० घरले पहिलो किस्ताको मुआब्जा रकम लिएर पनि आफ्नो संरचना हटाएका छैनन् । तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष बैकुण्ठ मिश्रले आज फागुन १ गतेबाट सडक सिमामा पर्ने आफ्नो घर भत्काउन सुरु गर्ने प्रतिबद्धता जनाएका छन् ।

व्यास नगरपालिकाका तिन जना वडा सदस्यहरु सडक क्षेत्रमा रहेको संरचना हटाइ सडक निर्माण कार्यलाई तिब्रता दिलाउन लागिपरेका छन् । पछिल्लो समय सडक बिस्तारमा भैरहेको ढिलाइप्रती वडा सदस्यत्रयले पहल कदमी गरिरहेका छन् ।

वडा सदस्यत्रय वाग्ले, घिमिरे र भन्डारीले सडक निर्माणमा सहयोग गर्न आग्रह गर्दै गत शुक्रबार जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेलाई ज्ञापनपत्र समेत बुझाएका थिए । पृथ्वी राजमार्ग क्षेत्र भित्र पर्ने दमौलीको ट्राफिक चोकमा रहेको जिल्ला समन्वय समिति तनहुँको कच्ची संरचनाहरु हटाउन आग्रह गर्दै उनीहरुले जिल्ला समन्वय समिति तनहुँका प्रमुख वाग्लेलाई ज्ञापन पत्र बुझाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट महा–महोत्सवमा राप्रपा अध्यक्ष लिङदेनः नेपाललाई हिन्दु राष्ट्र बनाएरै छाड्छौ

देवघाट, माघ २२ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नेपाललाई हिन्दु राज्य बनाएरै छाड्ने बताएका