तनहुँमा जन्ती बोकेको जिप दुर्घटना हुँदा २ को मृत्यु, १६ घाइते

Devghat Online

शेयर गरौ

दमौली, फागुन ७

तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर १ गिराउनचौरको भित्री सडक खण्डमा सोमबार जन्ती बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्युु हुनेमा आबुँखैरेनी गाउँपालिका-६ छापस्वाराका ७२ बर्षिय आशविर गुरुङ व्यास नपा ९ गजौंडेकी १७ बर्षिय तुलसी गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुुँले जनाएको छ ।

मिर्लुङबाट छापस्वारा जन्ती लिएर जादै गरेको बा १८ च ५९२१ नम्बरको बोलेरो जीप बरादी–हिलेखर्कस्थित भित्री सकखण्डमा दुर्घटना भएको थियो । जिप अनियन्त्रित भई सडकबाट अन्दाजी पाँच सय मिटर तल जीप खसेको थियो ।
दुर्घटनामा १६ जना घाइते भएका छन् ।

घाइते मध्ये ६ जनाको आबुँखैरेनी अस्पतालमा र अन्यको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न

अन्जान परियार । घरिङ, बैशाख २९ घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर

घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

तनहुँ । बैशाख २९ घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि

युवा रेडक्रस सर्कल आदिकविद्वारा रक्तदान कार्यक्रम आयोजना, ७८ पिन्ट रगत सङ्कलन

तनहुँ । बैशाख २५ विश्व रेडक्रस दिवसको अवसरमा युवा रेडक्रस सर्कल आदिकवि भानुभक्त क्याम्पसको आयोजनामा

बन्दीपुर अस्पतालमा थप सेवा सञ्चालन, स्वास्थ्य सुविधा मजबुत बन्दै

तनहुँ । बैशाख २५ बन्दीपुर गाउँपालिका द्वारा सन्चालित बन्दीपुर अस्पतालमा पछिल्लो दिनहरुमा बिभिन्न स्वास्थ्य सेवाहरु