तनहुँमा जन्ती बोकेको जिप दुर्घटना हुँदा २ को मृत्यु, १६ घाइते

Devghat Online

शेयर गरौ

दमौली, फागुन ७

तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर १ गिराउनचौरको भित्री सडक खण्डमा सोमबार जन्ती बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्युु हुनेमा आबुँखैरेनी गाउँपालिका-६ छापस्वाराका ७२ बर्षिय आशविर गुरुङ व्यास नपा ९ गजौंडेकी १७ बर्षिय तुलसी गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुुँले जनाएको छ ।

मिर्लुङबाट छापस्वारा जन्ती लिएर जादै गरेको बा १८ च ५९२१ नम्बरको बोलेरो जीप बरादी–हिलेखर्कस्थित भित्री सकखण्डमा दुर्घटना भएको थियो । जिप अनियन्त्रित भई सडकबाट अन्दाजी पाँच सय मिटर तल जीप खसेको थियो ।
दुर्घटनामा १६ जना घाइते भएका छन् ।

घाइते मध्ये ६ जनाको आबुँखैरेनी अस्पतालमा र अन्यको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र