प्रजातन्त्र दिवस – २०८० काे अवसरमा देवघाटमा दिप प्रज्वलन

Devghat Online

शेयर गरौ

देवघाट, फागुन ७

प्रजातन्त्र दिवस-२०८० को अवसरमा देवघाटधाम जेसीज र लियाे क्लब अफ देवघाट चाैतारीकाे संयुक्त आयाेजनामा सोमबार देवघाट गाउँपालिका कार्यालय परिसरमा दिप प्रज्वलन आयोजना गरियो ।

देवघाधाम जेसीजकाे अध्यक्ष जेसी रघु मल्लकाे अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि देवघाट गाउँपालिकाका अध्यक्ष एवं देवघाटधाम जेसीजका मानार्थ सदस्य तीलबहादुर थापाले उक्त कार्यक्रम सरहानिय भएको भन्दै धन्यवाद दिएका थिए ।

कार्यक्रममा लियाे क्लब अफ देवघाट चाैतारीकी अध्यक्ष तथा जेसीजका उपाध्यक्ष जेसी रक्षा कार्कीले स्वागत मन्तव्य राखेकी थिईन् । सो कार्यक्रम देवघाटधाम जेसीजका महासचिव जेसी प्रशन्न ढकालले सञ्चालन गरेका थिए ।

सो कार्यक्रममा देवघटधाम जेसीज तथा लियाे क्लबका पदाधिकारी तथा सदस्यहरू र स्थानिय व्यक्तिहरूकाे उपस्थिति रहेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पसमा राजनीतिशास्त्र र दलको भूमिकासम्बन्धी प्राज्ञिक गोष्ठी हुने

तनहुँ । साउन ७ तनहुँको व्यास नगरपालिका–१ स्थित आदिकवि भानुभक्त क्याम्पसमा ‘राजनीतिशास्त्र र दलको भूमिका’

देवघाटको महेश सन्यास आश्रममा ‘गुरुपूर्णिमा एवं नवौँ गुरुनिर्वाण महोत्सव २०८३’ हुने

देवघाट । साउन ७ पवित्र तीर्थस्थल देवघाटधामस्थित महेश सन्यास आश्रमको आयोजनामा आगामी साउन ९ गतेदेखि