प्रजातन्त्र दिवस – २०८० काे अवसरमा देवघाटमा दिप प्रज्वलन

Devghat Online

शेयर गरौ

देवघाट, फागुन ७

प्रजातन्त्र दिवस-२०८० को अवसरमा देवघाटधाम जेसीज र लियाे क्लब अफ देवघाट चाैतारीकाे संयुक्त आयाेजनामा सोमबार देवघाट गाउँपालिका कार्यालय परिसरमा दिप प्रज्वलन आयोजना गरियो ।

देवघाधाम जेसीजकाे अध्यक्ष जेसी रघु मल्लकाे अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि देवघाट गाउँपालिकाका अध्यक्ष एवं देवघाटधाम जेसीजका मानार्थ सदस्य तीलबहादुर थापाले उक्त कार्यक्रम सरहानिय भएको भन्दै धन्यवाद दिएका थिए ।

कार्यक्रममा लियाे क्लब अफ देवघाट चाैतारीकी अध्यक्ष तथा जेसीजका उपाध्यक्ष जेसी रक्षा कार्कीले स्वागत मन्तव्य राखेकी थिईन् । सो कार्यक्रम देवघाटधाम जेसीजका महासचिव जेसी प्रशन्न ढकालले सञ्चालन गरेका थिए ।

सो कार्यक्रममा देवघटधाम जेसीज तथा लियाे क्लबका पदाधिकारी तथा सदस्यहरू र स्थानिय व्यक्तिहरूकाे उपस्थिति रहेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट महा–महोत्सवमा देवी प्रतिभाको आगमन, हजारौं दर्शनार्थीद्वारा स्वागत

देवघाट, माघ १ लोकप्रिय कथा वाचिका देवी प्रतिभा (प्रतिभा पराजुली) देवघाटधाममा मंगलबारबाट सन्चालित देवघाट महा–महोत्सव

घिरिङ गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी चन्द्रज्योती माविलाई

अन्जान परियार । घिरिङ, पुस २९ घिरिङ गाउँपालिकाको आयोजनामा भएको अन्तर बिद्यालय स्तरीय छैठौं राष्ट्रपती