भरतपुर भ्रमण वर्ष २०२४ः उद्घाटनका दिन ५० हजार सहभागि गराउने लक्ष्य

Devghat Online

शेयर गरौ

देवघाट अनलाईन ।

फागुन १२, २०८०

भरतपुर । भरतपुर महानगरपालिकाको आयोजनामा हुन लागेको भरतपुर भ्रमण बर्ष २०२४ को उद्घाटनको दिन नजिकिँदै गर्दा तयारी तीव्र पारिएको छ।

भरतपुर महानगरका जनप्रतिनिधि ,कर्मचारीहरु र बिभिन्न समितिले भ्रमण बर्षको उद्घाटनका लागि दिनरात तयारी गरिरहेका छन्। भ्रमण बर्षको यहि फागुन १८ गते नारायणी नदी किनारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भव्य समारोहबीच उद्घाटन गर्ने नगर प्रमुख रेनु दाहालले जानकारी दिनुभयो ।

सो अवसरमा संघीय सरकारका मन्त्रीहरु,अन्य बिशिस्ठ व्यक्तित्वहरु, ७ वटै प्रदेशका मुख्यमन्त्रीर मन्त्रीहरुलाई आमन्त्रण गरिएको छ। समारोह हुने स्थान नारायणी नदि किनारलाई सम्याउने,हरियाली बनाउने काम भएको छ। करिव ५० हजार व्यक्ति सहभागी हुने सो समारोहका लागि मञ्च निर्माणको काम भईरहेको भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारीले जानकारी दिनुभयो। उद्घाटन समारोहसँगै सांस्कृतिक कार्यक्रम पनि हुनेछ। राष्ट्रिय कलाकारहरु बद्री पंगेनी,राजु परियार ,समीक्षा अधिकारी,एलिना चौहान,बिन्दु परियार ,रितु कँडेलले साँस्कृतिक प्रस्तुति दिनेछन्।

फागुन १८ गतेको समारोह अघि बिहान ११ बजे भरतपुरका सबै वडाहरुले नेतृत्व गर्दै झाँकी,बाजागाजा, आदिवासी,जनजातिहरुको भेषभुषा सहितको र्याली निकालिने छ। उत्कृष्ट हुने वडालाई महानगरले पुरस्कृत समेत गर्नेछ। यसैबीच शनिबार मात्रै भरतपुर भ्रमण बर्षको मूल समारोह समितिको बैठक समेत बसेको छ। बैठकमा सहभागीहरुले भरतपुर भ्रमण बर्षले भरतपुरसँगै सिङ्गै चितवनको पर्यटन प्रवर्द्धनमा भूमिका खेल्ने भएकोले सबै चितवनबासीलाई सहभागी हुन आग्रह गरेका छन्।

भरतपुरले मुख्य ७ र अन्य गरि २१ वटा गन्तव्यको पहिचान गरि व्यापक प्रचारप्रसार गरिरहेको छ।

चितवन राष्ट्रिय निकुञ्ज , मेघौली, गोलाघाट, जगतपुर,पटिहानी,विसहजार,बाटुलीपोखरी,ज्ञानेश्वर व्लक,नारायणी र राप्ती नदि,धनगढा मन्दिर ,राईनो ताल,कविलासगढी लगायत भरतपुरका मुख्य पर्यटकीय गन्तव्यहरु हुन्। भरतपुरका सानाठूला होटलमा गरी करिव ७ हजार वेडहरु रहेको होटल व्यवसायीहरुले जानकारी दिएका छन्।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भरतपुरको कमलादेवी मन्दिरमा शिव, पार्वतीको प्राणप्रतिष्ठा एवं पुजन महोत्सव हुने

चितवन, फागुन ३ भरतपुर मनपा–११ स्थित कमलादेवी मन्दिर प्राकृतिक आरोग्य केन्द्रमा यही फागुन ५ गतेदेखी

उपप्रधानमन्त्री पौडेल र नगर प्रमुख आचार्यलाई उच्च निगरानीमा उपचार गर्नुपर्छः कीर्तिपुर अस्पताल

काठमाडौं, फागुन ३ कीर्तिपुर अस्पतालले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा नगरका प्रमुख धनराज

सरकारले ल्याएको अध्यादेश पारित हुन्छः सञ्चारमन्त्री

काठमाडौं, फागुन ३ सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारले ल्याएका अध्यादेशहरू पारित हुने

मोटरसाइकल दुर्घटना हुँदा त्रिशूलीमा बेपत्ता भएका रोहित अझै भेटिएनन्

चितवन, फागुन ३ शुक्रबार नारायणगढ–मुग्लिङ सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा त्रिशूलीमा बेपत्ता भएका रोहित राना अहिलेसम्म