मेघौलीमा एमालेको स्वास्थ्य शिविर, ४५० जनाको स्वास्थ्य परीक्षण

Devghat Online

शेयर गरौ

देवघाट अनलाईन

१२, फागुन, चितवन ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकटको स्वास्थ्य तथा जनसंख्या विभाग राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ भरतपुर महानगर कमिटीको आयोजनामा चितवनको मेघौलीमा गरिएको वृहत स्वास्थ्य शिविरमा ४५० जना स्थानीयले स्वास्थ्य परीक्षण गराएका छन् ।

भरतपुर २७ मेघौलीको जानकी उच्च मावि परिसरमा भएको शिविरमा जनरल फिजिसियनका २००, स्त्री तथा प्रसुति रोगका १५०, हाडजोर्नीका ७४ र दाँत रोग सम्वन्धी २६ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । चितवनका बरिष्ठ फिजसियन डा. विजयप्रसाद पौडेल, डा. प्रतिक न्यौपाने, डा.सन्दीप पाण्डे, डा. दिप्ती शर्मा, डा. सुवास थापा, डा. सरस्वती अर्याल, डा. ऐलिग बास्कोटा लगायतका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले बिरामीहरुको स्वास्थ्य परीक्षण गरेर औषधिसमेत वितरण गरिएको थियो ।

एमाले चितवनका स्वास्थ्य विभाग प्रमुख भक्ति गौतमको अध्यक्षतामा भएको कार्यक्रममा एमाले केन्द्रीय सदस्य एवम् भरतपुर महानगर इन्चार्ज जेएन थपलिया प्रमुख अतिथि रहेका थिए । शिविरमा एमाले प्रदेश पूर्व सांसदहरु कृष्णप्रसाद भूर्तेल र विजय सुवेदी, एमाले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका उपाध्यक्ष रामहरी ढकाल, एमाले महानगर अध्यक्ष शंकर थपलिया, स्वास्थ्यकर्मी महासंघ भरतपुर नगर अध्यक्ष एकनाथ अर्याल, राष्ट्रिय स्वास्थ्यकर्मी संघका चितवन अध्यक्ष केशव सापकोटा, अनेरास्ववियूका पूर्व केन्द्रीय सदस्य प्रकाश भट्ट, एमालेका महानगरका वडा अध्यक्ष, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु लगायतका उपस्थिती रहेको कार्यक्रमको सञ्चालन एमाले स्वास्थ्य तथा जनसंख्या विभागका सदस्य विज्ञान पौडेलले गरेका थिए । एमालेका महानगरका वडा अध्यक्ष, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु लगायतको उपस्थिती थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता