जिल्ला स्तरीय लैङ्गिक हिंसा नियन्त्रण सन्जाल गठन

Devghat Online

शेयर गरौ

दमौली, फागुन २०

तनहुँ जिल्ला स्तरीय लैङ्गिक हिंसा नियन्त्रण सन्जाल गठन गरिएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँको आयोजनामा आइतबार जिल्ला प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा सो सन्जाल गठन गरिएको हो ।

सन्जालको संयोजकमा जिल्ला प्रहरी कार्यालयका एसपी अपिलराज बोहोरा तथा सदस्य सचिवमा जिल्ला प्रहरी कार्यालयको महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रको प्रमुख रहेका छन् ।

त्यसैगरि सदस्यहरुमा जिल्ला प्रशासन कार्यालयका अधिकृत स्तरका प्रतिनिधि, मानवअधिकार क्षेत्रमा कार्यरत संस्थाको प्रतिनिधि, लैङ्गिक हिंसाको क्षेत्रमा कार्यरत गैरसरकारी संस्थाको प्रतिनिधि, पत्रकार महासंघको प्रतिनिधि, शिक्षा क्षेत्रका प्रतिनिधि, नेपाल बार एसोसियसनका प्रतिनिधि, उद्योग वाणिज्य संघका प्रतिनिधि, सुरक्षित आवास गृह सन्चालन गरेका गैससका प्रतिनिधि, अल्पकालिन सेवा केन्द्र सन्चालन गरिरहेका सरकारी संस्थाको प्रतिनिधि, महिला, बालबालिका तथा जेष्ठ नागरिकको क्षेत्रमा कार्यरत संस्थाको प्रतिनिधि, शिक्षक प्रतिनिधि, स्थानीय नगरपालिकाले तोकेको प्रतिनिधि, न्याय क्षेत्रमा कार्यरत महिला प्रतिनिधि, जिल्ला बाल क्लवको प्रतिनिधि तथा समुदाय प्रहरी साझेदारी संस्थाका प्रतिनिधि सदस्य रहेका छन् । त्यस्तै सन्जालको सल्लाहाकारमा प्रमुख जिल्ला अधिकारी रहेका छन् ।

सन्जाल गठन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, जिल्ला प्रहरी कार्यालयका एसपी बोहोरा, डिएसपी मोहनबहादुर खाँड लगायतले तनहुँ जिल्लालाई लैङ्गिक हिंसा मुक्त जिल्ला बनाउने गरि सन्जालले हिंसा नियन्त्रणको लागि काम गर्नु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

एसएलसी परीक्षामा नेपाल प्रथम हुने महेश संस्कृत गुरुकुलका रिमाल र आचार्यलाई ‘विनाजा पुरस्कार’

देवघाट । साउन १७ राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित वि.सं.२०८२ को कक्षा १२ को माध्यमिक शिक्षा

सुनसरी र सिराहा घटनाका मृतक र निम्सदाइ सहित पर्वतारोहीको स्मृतिमा देवघाटमा दीप प्रज्वलन एवं श्रद्धाञ्जली सभा

सफल शर्मा । देवघाट, साउन १७ हालै सुनसरी र सिराहामा भएको घटनामा ज्यान गुमाएका मृतक

देवघाटका भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढ्यो, सात दिने सार्वजनिक सूचना जारी

देवघाट । साउन १६ जिल्ला भूमि समस्या समाधान समिति, तनहुँले देवघाट गाउँपालिकाबाट प्रमाणीकरण भई आएका