दमौली, फागुन २२
५९ औं जुनियर युवा रेडक्रस दिवसको अवसरमा युवा रेडक्रस सर्कल आदिकवि भानुभक्त क्याम्पसको आयोजना भएको रक्तदान कार्यक्रममा १०४ पिन्ट रगत संकलन भएको छ ।



युवा रेडक्रस सर्कल आदिकविका अध्यक्ष सुमन खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि नेपाल रेडक्रस सोसाईटीका केन्द्रिय सदस्य एवं जिल्ला सभापति प्रा. डा.कृष्णप्रसाद गौतमले रगतको विकल्प नभएकाले सबैमा रक्तदान गर्न अपिल गर्न आग्रह गरेका थिए ।
उक्त कार्यक्रममा सन्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठ, नेरेसो गण्डकी प्रदेश महासचिव रामदत्त पौडेल, क्याम्पस प्रमुख महाप्रसाद हड्खले लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको स्ववियु आदिकवि भानुभक्त क्याम्पस प्रायोजन एवं नेरेसो क्षेत्रीय रक्त संचार पोखराको प्राविधिक सहयोगमा भएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य स्ववियु अध्यक्ष गौरव पन्थले व्यक्त गरेका थिए भने सञ्चालन युरेस आदिकवि सचिव मौसमी थापाले गरेकी थिइन् ।
कार्यक्रममा नेरेसो तनहुँ उपसभापति नारयणी अधिकारी, नेरेसो तनहुँ जिल्ला जुनियर युवा समितिका संयोजक बिमल गिरी, नेरेसो तनहुँ सदस्य सुमन थापा, क्याम्पस सनचालक समितिका सदस्य महोन गिरी, सहायक क्याम्पस प्रमुख डा.रामकुमार अधिकारी, सागर पौडेल, विश्वेश्वर तिमिल्सेना, प्राध्यापक संघका कार्यवाहक अध्यक्ष चिरन्जिवी बस्नेत, कर्मचारी संघका अध्यक्ष बिष्णु रिजाल, शिक्षक नायक रुपक श्रेष्ठ, उपनायक दिलिप पोखेरल लगायतको उपस्थिती रहेको थियो ।












