पूरा होला त मुख्यमन्त्री बन्ने चुमानको चाहाना !

Devghat Online

शेयर गरौ

तनहुँ, फागुन २८

तनहुँ क्षेत्र नम्बर १ को ख निर्वाचन क्षेत्रबाट निर्वाचित हरिबहादुर चुमान मुख्यमन्त्रीको लाईनमा बसेको चारपटक भईसक्यो । एमालेका २ र कांग्रेसका २ जनालाई पालैपालो मुख्यमन्त्री बनाउदा माओवादीका चुमान भने हरेक पटक ‘वेटिङ मुख्यमन्त्री’ को रुपमा मात्रै रहे । तर यसपटक जसरी पनि मुख्यमन्त्री बन्ने य‍ोजनामा उनी छन् ।

२०७४ को  निर्वाचन पछि एमालेका पिएस गुरुङ मुख्यमन्त्री बन्दा पनि चुमान वेटिङ चिफ मिनिस्टर नै थिए । माओवादी संसदीय दलका नेता रहेका चुमान उक्त सरकारमा तेस्रो बरियताको आन्तरिक मामिला तथा कानुनमन्त्री बने ।

नेकपाको विघटन पछि नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धन भत्किएपछि गन्डकीमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली मुख्यमन्त्री बन्दा चुमानले पनि आशा गरेका थिए । नेपाली कांग्रेस र माओवादी केन्द्र बिच भएको सहमति अनुसार गन्डकीको मुख्यमन्त्री नेपाली कांग्रेसले पायो । उक्त सरकारमा भने चुमान मन्त्री बनेनन् ।

२०७९ को निर्वाचन पछि सरकार बनाउने बेलामा  पुस १० गते पुन: एमाले र माओवादीको गठबन्धन बन्यो । दुई पार्टी बिच भएको सहमति अनुसार गन्डकी प्रदेशमा नेकपा एमालेका संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री बने । त्यसबेला पनि माओवादी संसदीय दलको नेता रहेका चुमानले मुख्यमन्त्रीमा दावी गरेका थिए । एमाले र माओवादी विच आधा/आधा कार्यकाल प्रदेशको सरकार सन्चालन गर्ने सहमति अनुसार त्यसबेला पनि चुमान वेटिङ चिफमिनिस्टर भए । खगराज अधिकारी नेतृत्वको सरकारमा चुमान भौतिक पुर्वाधार तथा यातायात मन्त्री बने ।

तर पुस १० मा बनेको एमाले र माओवादीको सत्तासहयात्रा फागुन मै भाडियो । राष्ट्रपतिको निर्वाचनमा माओवादी केन्द्रले कांग्रेसका रामचन्द्र पौडेललाई मतदान गरेपछि एमाले संघिय सरकार र सबै प्रदेश सरकारहरुबाट बाहिरियो । त्यसपछि कांग्रेस र माओवादीबिच गठबन्धन बन्यो । संघीय सरकारपछि प्रदेश सरकारको नेतृत्व पनि फेरियो । गन्डकी प्रदेशमा : कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पान्डे मुख्यमन्त्री बने । त्यसबेला पनि चुमानले मुख्यमन्त्रीको दाबी गरेका थिए ।

तर कांग्रेस र माओवादी विच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति अनुसार पहिलो चरणमा कांग्रेसका पान्डे मुख्यमन्त्री बने । उक्त सहमति अनुसार सरकार सन्चालन भईरहे अबको डेढ वर्षपछि चुमान सम्भवत मुख्यमन्त्री बन्न सक्थे । तर गत फागुन २१ गते कांग्रेस र माओवादी विचको सत्ता गठबन्धन भत्किएर सरकारमा एमालेको प्रवेश भएको छ । केन्द्रको असर स्वभाविकले प्रदेश सरकारमा पनि पर्नेछ । मुख्यमन्त्री पान्डेले माओवादी केन्द्रका २ मन्त्रीलाई बर्खास्त गरिसकेका छन् भने माओवादी केन्द्रले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिईसकेको छ । संविधान अनुसार ३० दिन भित्रमा मुख्यमन्त्री पान्डेले विश्वासको मत लिनुपर्ने हुन्छ ।

संसदको अंकगणित अनुसार पान्डेले विश्वासको मत पाउन सक्दैनन्, त्यसपछि अर्को सरकार गठनको प्रक्रिया सुरु हुन्छ । यसपटक भने चुमान जसरी पनि मुख्यमन्त्री बन्ने योजनामा छन् । उनले काठमाडौं पुगेर प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट गरि मुख्यमन्त्रीको दावी पेश गरेर फर्किएका छन् । चुमानले आफुले एमाले र कांग्रेसका २/२ जना नेतालाई मुख्यमन्त्री बनाईसकेको हुँदा अब स्वभाविक रुपमा आफ्नो पालो भएको दावी गर्छन् । प्रधानमन्त्रीबाट पनि आफुले सकारात्मक संकेत पाएको भन्दै चुमानले सरकार निर्माणको बारेमा छलफल सुरु गरिसकेका छन् ।

यता नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीले पनि सरकार निर्माणको पहल थालिसकेका छन् । काठमाडौं पुगेर पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट गरेर फर्किएका अधिकारीले आईतवार संसदीय दलको बैठक राखी सरकार निर्माणको पहल थालेका छन् । अधिकारी पार्टी अध्यक्ष केपी शर्मा ओलीको विश्वासपात्र र पार्टीको स्थायी समितिको सदस्य समेत रहेको हुदा गन्डकीको मुख्यमन्त्री एमालेले नै पाउने निश्चित जस्तै छ ।

एमालेले ७ वटा प्रदेश मध्ये एउटामात्रै प्रदेश रोज्नु परेमा गन्डकी रोज्ने हुदा गन्डकीको मुख्यमन्त्री एमालेका अधिकारी नै हुने दावी एमालेका नेताहरुले गरेका छन् । पटकपटक सत्ता गठबन्धनमा आएको फेरबदलले माओवादीका चुमानको मुख्यमन्त्री बन्ने चाहानामा पनि पटकपटक ठेस लाग्दै आएको छ । यसपटक के हुन्छ सबैको चासो रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नयाँ वर्षमा बन्दीपुरमा सडक खाना महोत्सव, एकै दिन बन्दिपुरमा हजारौं पर्यटक

बन्दिपुर, बैशाख १ नेपाली नयाँ वर्षको अवसरमा तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारबाट सडक खाना महोत्सव

नयाँ वर्ष २०८१ सुरु

देवघाट, बैशाख १ शनिबारदेखि विक्रम सम्वत् २०८१ साल सुरु भएको छ । नयाँ वर्ष प्रारम्भ

नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा टोलीलाई घिरिङमा स्वागत

अन्जान परियार घिरिङ, चैत ३० नेपाली सेनाको गोरखा–जितगढी पदयात्राको टोलीलाई घिरिङ गाउँपालिकामा स्वागत गरिएको छ

रास्वपा देवघाटद्वारा नयाँ वर्षको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना

देवघाट, चैत ३० राष्ट्रिय स्वतन्त्र पार्टी देवघाट गाउँपालिका कमिटिको आयोजनामा नव वर्ष २०८१ को शुभ