देबघाटको वडा नम्बर २ को कार्यालय भवन गाउँपालिकाका अध्यक्षद्वारा उद्घाटन

Devghat Online

शेयर गरौ

देवघाट, चैत १

देबघाट गाउँपालिका वडा नम्बर २ को वडा कार्यालय भवन देबघाट गाउँपालिका अध्यक्ष तिल बहादुर थापाले विहिबार उद्घाटन गरे । केही महिना अघि नै निर्माण सम्पन्न भएको उक्त भवन वडा कार्यालय वरिपरि कम्पान्डिङ नगरिएको हुँदा उद्घाटन गरिएको थिएन । हाल सम्पुर्ण निर्माण कार्यहरु सम्पन्न भएपछि वडा भवन उद्घाटन गरिएको जनाईएको छ ।

सो अवसरमा बोल्दै गाउँपालिकाका अध्यक्ष थापाले उक्त भवनबाट जनतालाई छिटो सजिलो र छरितो रुपमा सेवा प्रबाह गर्न जनप्रतिनिधि र कर्मचारीलाई आग्रह गरे ।

सो कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भुवनसींह गुरुङ, प्रमुख प्रशासकीय अधिकृत गौरीप्रसाद आचार्य, गाउँपालिका प्रबक्ता वडा नम्बर ५ का वडा अध्यक्ष पुर्ण बहादुर कुवँर, नेपाली काङ्ग्रेस तनहुँ जिल्ला सदस्य अर्जुन अधिकारी लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

सो कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष मनिराज गुरुङ, वडा नम्बर ३ का अध्यक्ष टेक बहादुर आलेमगर, वडा नम्बर ४ का अध्यक्ष मित्रलाल गुरुङ, कार्यपालिकाका सदस्यहरु, पुर्व जनप्रतिनिधिहरु कर्मचारीहरुको सहभागिता रहेको थियो । सो कार्यक्रम वडा अध्यक्ष मीन बहादुर रानाको अध्यक्षता सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको