देवघाटका विद्यार्थीलाई ग्याजेट स्क्रिन टाईम सम्बन्धी तालिम सम्पन्न

Devghat Online

शेयर गरौ

दमौली, चैत २

देवघाट गाउँपालिका–५ गोहिटारमा रहेको सिद्धमहाकाली माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई ग्याजेट स्क्रिन टाईम सम्बन्धी एक दिने तालिम सम्पन्न भएको छ ।

देवघाटधाम जेसीजको तेस्रो बोर्ड बैठकको निर्णयानुसार उक्त विद्यालयमा शुक्रबार सो तालिम आयोजना गरिएको देवघाटधाम जेसीज वर्ष–२०२४ का निर्देशक तथा कार्यक्रम संयोजक जेसी प्रद्युम्न प्याकुरेलले जानकारी दिए ।

उक्त तालिममा विरेन्द्र बहुमुखी क्याम्पस, भरतपुरका प्रध्यापक सुरेशराज शर्माले तालिममा मोबाइलबाट हुने फाईदा बेफाइदा, मोबाइलले पढाइमा पर्ने असर, मोबाइलको सदुपयोग कसरी गर्ने लगाएत विषयमा तालिममा बिद्यार्थीहरुलाई प्रशिक्षण दिएका थिए ।

विद्यार्थीको लागि अति महत्वपुर्ण तालिम सन्चालन गरेकोमा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि बिष्णु प्रसाद सुवेदीले देवघाटधाम जेसीज परिवारलाई धन्यवाद दिदैँ विद्यार्थीहरुलाई फाइदा बेफाइदा मनन गर्दै अघि बढ्न अनुरोध गरे ।

सो तालिममा देवघाटधाम जेसीजका अध्यक्ष जेसी रघु मल्लले बिद्यालय व्यावस्थापन समिति लगायत सम्पूर्ण बिद्यार्थीलाई धन्यवाद दिदै नजिकै आउदै गरेको वार्षिक परीक्षामा सफलताको शुभकामना व्यक्त गर्दै मोबाईलको सहि सदुपयोग गर्न र आवश्यकता अनुसार शैक्षिक क्षेत्रमा समेत मोबाईल, टिभि प्रयोग गर्न आग्रह गरे ।

कार्यक्रममा आफ्नो शुभकामना मन्तव्य राख्दै सिद्धमहाकाली माविका प्रअ बासुदेव तिवारीले आगामी दिनहरूमा पनि यस्तै कार्यक्रमहरु सन्चालन गर्न अनुरोध गर्दै त्यस्तो कार्यक्रमले विद्यार्थीको चैतर्फि विकासमा सघाउ पुग्ने बताए । सो कार्यक्रमको सन्चालन देवघाटधाम जेसीजका महासचिव प्रशन्न ढकालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय