विद्यालयको जग्गा काटेर वडा कार्यालय भवन

Devghat Online

शेयर गरौ

देवघाट, चैत २२

देवघाट गाउँपालिका–५ स्थित चक्रवर्ती आधारभुत विद्यालयको स्वामित्वको जग्गा काटेर वडा नम्बर ५ को कार्यालय भवन निर्माण गरिएको छ । यस अघि वडा कार्यालय रहेको स्थानमा आधारभुत स्वास्थ्य चौकी निर्माण भएपछि विस्थापित भएको वडा कार्यालय केही महिना सोही विद्यालयको एउटा कोठाबाट सन्चालन हुँदै आएको थियो ।

देवघाट गाउँपालिकाको अघिल्लो जनप्रतिनिधिको कार्यकालको कार्यपालिकाको बैठकले वडा कार्यालय चक्रवर्ती आधारभुत विद्यालय परिसरमा निर्माण गर्ने निर्णय गरेपछि वडा कार्यालय भवन निर्माण गरिएको थियो । वडा कार्यालय भवन निर्माणकोलागि २०७९ भदौ ६ गते निर्माण कम्पनी खनिज मल्टी कन्ट्रक्सन प्रा.लि भक्तपुरसँग ९४ लाख ९ हजार ४६४ रुपैयाँमा सम्झौता गरिएको थियो ।

विद्यालयकी प्रअ गिता रानाभाटले विद्यालयलाई नै जग्गा अपुग भईरहेको अवस्थामा आफुुसँग कुनै परामर्श नै नगरि विद्यालयको जग्गामा वडा कार्यालयको भवन शिलान्यास गरिएको बताइन् । पछि आफुहरुले आपत्ती जनाएपछि शिलान्यास गरिएको स्थानभन्दा केही तल सारेर वडा कार्यालयको भवन निर्माण गरिएको उनले बताइन् । अझैपनि विद्यालयलाई जग्गा तथा खेल मैदान अपुग भएको उनले बताइन् । उक्त विद्यालयमा अधिकांश बोटे समुदायका बालबालिका पढन्े बताईन् ।

देवघाट गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष पुर्णबहादुर कुँवर आफुहरु निर्वाचित भएर आउनु अघि नै वडा कार्यालय भवनको ठेक्का लगाई शिलयान्स समेत भईसकेको बताए । शिलान्यास भएको भवनलाई आफ्नो कार्यकालयमा पुर्णता दिईएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

लोककल्याणकारी विज्ञापनका लागि व्यास नगरपालिकाद्वारा सञ्चार माध्यमलाई सूचीकृत हुन आह्वान

तनहुँ । साउन १८ तनहुँको व्यास नगरपालिकाले आ.व.२०८३/०८४ मा लोककल्याणकारी विज्ञापन वितरण कार्यक्रमका लागि स्थानीय

चुनावी प्रतिबद्धता स्मरण गराउँदै फिरफिरेका युवाद्वारा सांसद न्यौपानेलाई बुझाए ध्यानाकर्षण पत्र

तनहुँ । साउन १७ शुक्लागण्डकी नगरपालिका–१२, फिरफिरेका युवाहरूले तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य