महिलाको सामुहिक बलात्कारपछि हत्या गरेको अभियोगमा मृतकका पति सहित ३ जनालाई कैद सजाय

Devghat Online

शेयर गरौ

दमौली, चैत २३

आवुँखैरेनी गाउँपालिका–६ जालभन्ज्याङकी ४५ वर्षीया कुमारी भुजेलको सामुहिक बलात्कार र त्यसपछि हत्या गरेको आरोपमा तनहुँ जिल्ला अलदालतले मृतकका पति सहित बलात्कारमा संलग्न ३ जनालाई दोषी ठहर गर्दै कैद सजाय गरेको छ ।

जिल्ला अदालतका न्यायधिश कमलराज विष्टको इजलासले विहिबार उक्त घटनाको छुट्टाछुट्टै दर्ता भएको मुद्धाको अन्तिम फैसला गर्दै कुमारीलाई सामुहिक बलात्कार गरेको अभियोगमा आवुँखैरेनी गाउँपालिका–६ का २२ वर्षीय समबहादुर भुजेललाई १२ बर्ष कैद, २ लाख जरिवाना, १ लाख क्षतीपुर्ती र ४ हजार रुपैयाँ पीडित राहात कोषमा जम्मा गर्नु पर्ने सजाय सुनाएको छ भने सोही घटनामा संलग्न भएका सोही ठाउँका १७÷१७ वर्षीय दुई बालकलाई जनही ८ बर्ष कैद सजाय सुनाएको हो । ति दुई बालकलाई १२ बर्षको कैद सजाय भएपनि नावालक भएको कारण ४ बर्ष कैद मिनाहा भएको जिल्ला अदालतका श्रेस्तेतार केशव पौडेलले जानकारी दिए ।

त्यसैगरि सोही इजलासले सामुहिक बलात्कृत भएकी आफ्नी पत्निको हत्या गरेको अभियोगमा मृतकका पति ४६ बर्षिय चन्द्र बहादुर भुजेललाई १० बर्ष कैद, १ लाख ५० हजार क्षतीपुर्ती र ८ हजार पीडित राहत कोषमा जम्मा गर्ने सजाय सुनाएको श्रेस्तेदार पौडेलले बताए ।

समबहादुर भुजेल सहित ३ जनाले २०७८ फागुन २८ गते राती पीडितकै घरमा गई मृतकका पति चन्द्रबहादुरलाई समातेर घरबाहिर लगि पालैपालो बलात्कार गरेको आरोप मृतकका छोराले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ । मदिरा सेवनबाट लट्ठ भएकी कुमारीलाई आरोपितहरुले पालैपालो बलात्कार गरेको अदालतले पनि ठहर गरेको छ ।

बलात्कार गरेर ति युवाहरु भागेपछि घर भित्र गएका चन्द्रबहादुरले आफ्नै पत्निले ति युवाहरुलाई बोलाएको आशंकमा ओदान अड्याउन राखेको ढुङ्गाले टाउकोमा हानी हत्या गरेको प्रहरी प्रतिबेदनमा उल्लेख छ ।

मृतकका छोराले फागुन ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । प्रहरीले आरोपित चारै जनालाई २०७८ चैत १ गते पक्राउ गरेको थियो । शवको फागुन २९ गते दमौली अस्पतालमा पोष्टमार्टम भएको थियो । जिल्ला सरकारी वकिल कार्यालयले आरोपितहरु विरुद्ध २०७८ चैत २१ गते जिल्ला अदालतमा जबरजस्ती करणी र कतव्र्यज्यान सम्बन्धी छुट्टाछुट्टै मुद्धा दर्ता गरेको थियो । आरोपित चारै जना जिल्ला अदालतको आदेशमा चैत २३ गतेदेखी पुर्पक्षकोलागि थुनामा थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गण्डकी कोटिहोमः बुद्ध पूर्णिमा विशेष समारोह, आजसम्म ५०० बटुकको ब्रतबन्ध १०० जेष्ठ नागरिकको चौरासी पूजा

पोखरा । बैशाख २९ पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न

अन्जान परियार । घरिङ, बैशाख २९ घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर

घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

तनहुँ । बैशाख २९ घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि