देवघाटमा चोरीको बिगबिगी: कल्पवासीको कुटी फोरी २ लाख ५० हजार नगद र ३ तोला सुन चोरी

Devghat Online

शेयर गरौ

देवघाट, बैशाख ९

देवघाट गाउँपालिकामा पछिल्लो दिनमा मोटरसाईकल चोरी हुनुलाई सामान्य रुपमा लिन थालिएको छ । गत वर्ष मात्र एक दर्जन जति मोटरसाईकल देवघाट क्षेत्रबाट चोरी भएका थिए । त्यसैगरि व्यक्तिका घरबाट तामाका गाग्री तथा अन्य भाडाँकुडा समेत चोरी हुन थालेको धेरै समय भएको छैन । ति मध्ये अधिकांश चोरीका घटनामा संलग्नलाई देवघाट प्रहरीले पक्राउ गर्न सकेको छैन ।

देवघाट प्रहरीको निश्क्रियताको फाईदा उठाउँदै चोरहरुले देवघाटधामको अति महत्वपुर्ण क्षेत्रमा रहेको कल्पवासीको कुटी फोरेर २ लाख ५० हजार नगद, ३ तोला सुन र दुईवटा मोवाईल सेट र भारतबाट ल्याएको चार्जिङ लाईट चोरेका छन् । गत बैशाख ७ गते राती देवघाट–५ स्थित गलेश्वर आश्रमको नजिकै, इन्दिरा आश्रमको अगाडी रहेको कमलामोहन भट्टराई बस्दै आएको कुटी फोरेर चोरहरुले उक्त नगद र सामान चोरेका हुन् ।

१२५ नम्बरको कुटीमा बस्दै आएका भट्टराई दम्पत्ती सुनसरीको चतराधाम मेलामा जाँदै गरेको अवस्थामा कुटीमा कोही भएको मौका पारेर कुटीको गेट फोरेर भित्र पसी जाली ढोका र मुल ढोका समेत फोरेर चोरी गरेका थिए । चोरी गर्नेको पहिचान भएको छैन । उक्त राती १२ बजे आसपासमा त्यस क्षेत्रमा मोटरसाईकल गुडेको आवाज त्यस क्षेत्रका बासिन्दाले सुनेको बताईएको छ । कुटी फोरिएको घटना सुनेपछि भट्टराई दम्पत्ती बाटोबाट नै देवघाट फर्किएका थिए । उनीहरुले इलाका प्रहरी कार्यालय देवघाटमा घटनाको जानकारी गराई दोषी पत्ता लगाउन निबदेन दिएका छन् । प्रहरीले घटनास्थलको मुचुल्का उठाएर फर्केको छ ।

ठुला ठुला र महत्वपुर्ण मठ मन्दिर र आश्रमहरुको रहेको देवघाटधाम क्षेत्रमा चोरीका घटना बढेपनि प्रहरीले भने चोरीमा संलग्नहरुलाई पक्राउ गर्न सकेको छैन । यसले गर्दा देवघाट क्षेत्रका नागरिक त्रासमा छन् । देवघाट क्षेत्र विकास समितिका पुर्व अध्यक्ष तथा समाजसेवी शिवराज पौडेलले चोरी, डकैती तथा अन्य अपराधिक घटनामा संलग्नहरुहलाई प्रहरीले पक्राउ गर्न नसक्दा चोरीका घटनाहरु बढ्दै गएको बताए । प्रहरीको निश्क्रियताको कारण देवघाट क्षेत्रमा चोरीका घटनाहरु बढेको पौडेलको भनाई छ ।

‘विगतमा मोटरसाईकल चोरी हुन्थे, त्यसपछि मठ मन्दिरबाट मुर्तीहरु चोरी हनु थाल्यो, अनि व्यक्तिको घरबाट तामाको भाडाहरु समेत चोरी भए’ पौडेलले भने ‘अहिले कुटीहरु फोरिन थालेका छन्, यो देवघाटको लागि निकै दुखको कुरा हो ।’ चोरीका घटना नियन्त्रणकोलागि प्रहरीको सक्रियता जरुरी भएको पौडेलले बताए । देवघाट प्रवेश गर्ने नाकामा सिसि क्यामेराको जडान र चौबिसै घन्टा प्रहरीको निगरानी जरुरी भएको उनको भनाई छ ।

यसैगरि देशका विभिन्न जिल्ला तथा बिदेशबाट समेत देवघाटमा आउने तिर्थयात्रीहरुलाई जड्याँहाहरुले निकै दुख दिने गरेको पौडेलले बताए । झोलुङ्गे पुल, मठ मन्दिर, बेणी संगम, बसपार्क लगायतका क्षेत्रमा तिर्थयात्रीहरुलाई जड्याहरुले दुख दिने र दुव्र्यहवार गर्ने गरेको पौडेलले बताए । यो कार्यले देवघाटको नराम्रो प्रचार हुने र यहाँको धार्मिक तथा पर्यटकीय महत्वलाई समेत असर गर्ने उनले बताए । यी सबै कार्यको नियन्त्रणको लागि देवघाटमा खटाईएका सुरइक्षाकर्मीलाई साधनश्रोतले पुर्ण बनाउनु पर्नेमा उनले जोड दिए ।

इलाका प्रहरी कार्यालय देवघाटका निमित्त प्रमुख सइ सागर रानाले उक्त चोरीको घटनामा हालसम्म कोही पनि पक्राउ नपरेको बताए । उनले हालसम्म कोही पनि पक्राउ नपरेको तर चाँडै नै प्रहरीले चोरीमा संलग्नहरुलाई पक्राउ गर्ने बताए । उक्त घटनाको सुक्ष्म तरिकाले अनुसन्धान गरिएको भन्दै रानाले चाँडै नै निश्कर्षमा पुगिने बताए । यसका साथै देवघाट क्षेत्रमा हुने अन्य चोरी डकैती, तिर्थयात्रीहरुलाई हुने दुव्र्यहवार तथा नदीजन्य बस्तुको अबैध उत्खनन कार्यलाई पनि नियन्त्रण गरिने रानाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट महा–महोत्सवमा देवी प्रतिभाको आगमन, हजारौं दर्शनार्थीद्वारा स्वागत

देवघाट, माघ १ लोकप्रिय कथा वाचिका देवी प्रतिभा (प्रतिभा पराजुली) देवघाटधाममा मंगलबारबाट सन्चालित देवघाट महा–महोत्सव

घिरिङ गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी चन्द्रज्योती माविलाई

अन्जान परियार । घिरिङ, पुस २९ घिरिङ गाउँपालिकाको आयोजनामा भएको अन्तर बिद्यालय स्तरीय छैठौं राष्ट्रपती