समाचारप्रति सांसद वाग्लेको ध्यानाकर्षणः क्रसर उद्योगले पुलमा पुगेको क्षतीबारे चासो

Devghat Online

शेयर गरौ

देवघाट, जेठ २६

क्रसर उद्योगको कारण देवघाट गाउँपालिका–४ को गाईघाट र चितवनको भरतपुर मनपा–२९ को भोर्ले जोड्ने त्रिशुली नदीको झोलुङ्गे पुलमा क्षती पुगेको बारेमा तनहुँ क्षेत्र नम्बर १ का सांसद डा.स्वर्णिम वाग्लेले चासो देखाएका छन् । क्रसर उद्योगको एक्साभेटर र टिप्परले पुलमा क्षती भएको बारेमा देवघाट अनलाइनमा समाचार प्रकाशन भएपछि सांसद वाग्लेले यस बारेमा तनहुँका प्रमुख जिल्ला अधिकारीलाई फोन गरि चासो दिएका हुन् ।

देवघाट अनलाईनमा समाचार प्रकाशन भएपछि सांसद वाग्लेले उक्त घटनाबारे चासो देखाई उक्त क्रसर उद्योगको अन्यत्रै व्यवस्थापन गर्नको लागि चितवन प्रशासनसँग समन्वय गर्न तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमसँग अनुरोध गरेका थिए । शनिबार बिहान देवघाट स्थित गलेश्वर आश्रमको वार्षिकोत्सवमा आए आएका प्रजिअ गौतमले गौतमले सोही कार्यक्रममा आएका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई उक्त क्रसर उद्योगको कारण झोलुङ्गे पुलमा पुगेको क्षती बारेमा जानकारी गराई क्रसर अन्यत्रै व्यवस्थापनको पहल गर्न अनुरोध गरेको देवघाट अनलाइनलाई बताए ।

साथै सोही अवसरमा तनहुँका प्रहरी प्रमुख अपिलराज बोहोराले पनि चितवनका प्रहरी प्रमुखलाई यसबारेमा जानकारी गराएको बताए ।
गत विहिबार उक्त क्रसर उद्योगको टिप्परले पुलको लठ्ठामा छुँदा पुल हल्लिएर सर्वसाधारण लडेर घाइते भएका थिए । क्रसर उद्योगको टिप्परले पुलको लठ्ठामा छोएपछि पुल हल्लिएको कारण गत विहिबार विहान तरकारी बेच्न भरतपुर तर्फ आएका देवघाट–४ चारघरे टोलका ७० बर्षिय धनबहादुर मगर पुलमा लडेर घाइते भएका थिए । उनको परिवारका सदस्यले भरतपुर लगेर उपचार गरेको देवघाट गाउँपालिका–४ का वडा अध्यक्ष मित्रलाल गुरुङ्गले बताए ।

क्रसरको कारण पुल जिर्ण हुनथालेपछि देवघाट गाउँपालिका वडा नम्बर ४ ले क्रसर उद्योगको व्यवस्थापन गर्न सम्बन्धित पक्षलाई पत्राचार गरेको छ । क्रसर उद्योगको कारण पुल जिर्ण भई पुल सन्चालन समेत अवरोध आउन सक्ने भएपछि वडा अध्यक्ष गुरुङले उक्त क्रसर उद्योगलाई पत्र पठाई १५ दिन भित्र क्रसर उद्योगको व्यवस्थापन गर्न अनुरोध गरेका छन् ।

वडा अध्यक्ष गुरुङ सहित वडा सदस्यहरु बुद्धिमान भुजेल, शुक बहादुर थापा, गाइघाट बेलडाडा टोल बिकाश संस्थाका अध्यक्ष नरबहादुर गुरुङ र देबघाट युवा तथा खेलकुद समितिका उपाध्यक्ष योगेन्द्र गुरुङ लगायतको उपस्थितिमा महानगर वालुवा उधोग ध्यानाकर्षण गराईएको छ ।

भरतपुर महानगर तर्फको क्षेत्रमा महानगर बालुवा उद्योगको नाममा सन्चालित उक्त क्रसर उद्योगले आफ्नो सामान स्वेच्छाचारी ढङ्गले डम्पिङ गर्ने क्रममा टिप्परले पुललाई छोई क्षती पुगेको र सोही कारण पुल वारपार गर्दा सर्वसाधरण लडी घाइते समेत भएकोले क्रसर उद्योगलाई यसबारेमा पटक पटक लिखित तथा मौखिक जानकारी गराउँदा समेत वास्ता नगरेको हुँदा अवको १५ दिन भित्र क्रसर उद्योग व्यवस्थापन गर्न अनुरोध गरिएको वडा अध्यक्ष गुरुङ्गले बताए ।

यसैगरि भरतपुर महानगरपालिका वडा नम्बर २९ का अध्यक्षलाई समेत पत्र पठाई क्रसर उद्योगको कारण पुल जिर्ण भई देवघाट–४ का नागरिक आवत जावत गर्न समस्या परेको हुँदा उक्त झोलुङ्गे पुलमा क्षती न्युनिकरण गरि क्रसर उद्योगको सन्चालन तथा व्यवस्थापन गर्ने काममा सहयोग गर्न अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आबुँखैरेनीले सामुदायिक तथा सस्थांगत विद्यालयमा निशुल्क भर्ना गर्ने

तनहुँ । चैत ७ आबुँखैरेनी गाउँपालिकाले आगामी शैक्षिक सत्रमा सामुदायिक तथा संस्थागत विद्यालयमा निशुल्क भर्ना

एसइई परिक्षा सुरु

तनहुँ । चैत ७ माध्यमिक शिक्षा परिक्षा (एसइई) विहिबारबाट सुरु भएको छ । परिक्षा बिहान

स्वावलम्बन लघुवित्तले ३६ जना महिला सदस्यलाई दियो बाख्रापालन सम्बन्धी तालिम

तनहुँ । चैत ७ स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड डुम्रे शाखाको आयोजनामा तीन दिने व्यावसायिक

जिल्ला खेलकुद विकास समिति चितवन र पुष्पाञ्जली हस्पिटलबीच खेलाडीको उपचारमा छुटको सम्झौता

देवघाट अनलाइन चितवन, चैत ७ । चितवन जिल्लाका खेलाडी तथा परिवारको उपचार खर्चमा पुष्पाञ्जली हस्पिटलले