देवघाटले करिब ४५ करोडको बजेट ल्याउँदै

Devghat Online

शेयर गरौ

देवघाट, असार १०

देवघाट गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८१।८२ को लागि करिब ४५ करोडको बजेट ल्याउने भएको छ । आज दिउँसो हुने गाउँसभाको दोश्रो बैठकमा गाउँपालिकाका उपाध्यक्ष भुवनसिंह गुरुङ्गले आगामी आर्थिक वर्षकोलागि बजेट प्रस्तुत गर्ने छन् ।

उक्त ४५ करोडको बजेट मध्ये करिब ७० प्रतिशत सशर्त सहितको चालु पँजी र बाँकी करिब ३० प्रतिशत पुँजीगत रहने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरीप्रसाद आचार्यले बताए ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार स्थानीय सरकारहरुले बजेट पेस र पारित गर्ने व्यवस्था छ । उक्त ऐनको दफा ७१ अनुसार उपाध्यक्ष, उपप्रमुख वा कार्यपालिकाले तोकेको कार्यपालिकाको कुनै सदस्यले आगामी आर्थिक वर्षको राजस्व र व्यय (बजेट) को अनुमान कार्यपालिकाबाट स्वीकृत गराई सभामा पेस गर्नुपर्ने व्यवस्था छ ।

देवघाटले गत असार ४ गते गाउँसभा मार्फत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरिसकेको छ । नीति तथा कार्यक्रममा सुन्दर, समुन्नत र समृद्ध गाउँपालिका निर्माण गर्ने संकल्प लिईएको छ ।

उक्त संकल्प पुरा गर्न दिगो विकासको राष्ट्रियि लक्ष्यहरुलाईै स्थानीयकरण गर्दै नागरिकको आवश्यकता पुरा गर्ने उद्देश्यका साथ धार्मिक पर्यटनको प्रबद्र्धन, गुणस्तरीय पुर्वाधार निर्माण, कृषिमा आत्मनिर्भर बन्दै आयआर्जनमा बृद्धि र स्वरोजगार कार्यक्रममा बृद्धी तथा स्थानीय श्रोतको पहिचान र परिचालन गरि समावेशी र दिगो आर्थिक विकास मार्फत सार्वजानिक, समुदाय र नीजि क्षेत्रको साझेदारी गरिने मुख्य लक्ष्य लिईएको छ । उक्त लक्ष्य पुरा गर्न बजेट विनियोजन गरिने प्रमुख प्रशासकीय अधिकृत आचार्यले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू