पत्रकार महासंघ तनहुँको साधारणसभा असार १८ मा, ७ जना पत्रकारलाई पुरस्कृत गरिने

Devghat Online

शेयर गरौ

दमौली, असार ११

नेपाल पत्रकार महासंघ तनहुँले १४ औं साधरणसभा यही असार १८ गते मंगलबार गर्ने भएको छ । महासंघको मंगलबार बसेको बैठकले आगामी असार १८ गते साधारणसभा गर्ने निर्णय गरेको नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्वल पौडेलले जानकारी दिए ।

उक्त बैठकले महासंघ मातहतका विभिन्न शीर्षकका पत्रकारिता पुरस्कारबाट जिल्लाका ७ जना क्रियाशील पत्रकारलाई पुरस्कृत गर्ने निर्णय समेत गरेको छ । मुक्तीनाथ खनालद्वारा स्थापित भवानी खनाल स्मृति पत्रकारिता पुरस्कारबाट ऋषिराम पोख्रेललाई पुरस्कृत गरिने भएको सचिव प्रताप रानाले जानकारी दिए । उक्त पुरस्कारको राशी रु.११ हजार रहेको छ ।

त्यस्तै भाग्यशाली ढुङ्गानाद्वारा स्थापित टीकानीधि ढुङ्गाना स्मृति व्यास पराशर पत्रकारिता पुस्कार मदन वाग्ले, रणबहादुर गुरुङ्गद्वारा स्थापित सुरज गुरुङ स्मृति पत्रकारिता पुरस्कार रामबहादुर घले, प्रदीप काफ्लेद्वारा स्थापित पुरुषोत्तम काफ्ले स्मृति पत्रकारिता पुरस्कार अन्जना तिमल्सेना, सांसद कृष्णकुमार श्रेष्ठ किसानद्वारा स्थापित भर्लेली केवलबहादुर श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कार कृष्ण न्यौपानेलाई पुरस्कृत गर्ने निर्णय भएको सचिव रानाले बताए ।

यसैगरि उत्तम र सुमन भट्टराईद्वारा स्थापित हरिभक्त भट्टराई स्मृति पत्रकारिता पुरस्कार राजिवलाल श्रेष्ठ र वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेद्वारा स्थापित चिरञ्जिवी हरिमाया स्मृति पत्रकारिता पुरस्कारबाट सम्झना रसाइलीलाई पुरस्कृति गरिनेछ । सुरज गुरुङ स्मृति पुरस्कार रु.पाँच हजार र अन्य सबै पुरस्कारको रकम रु. १० हजार रहेको महासंघले जनाएको छ ।

महासंघले न्याय, सहकारी, धार्मिक, सांस्कृतिक तथा पर्यटनलगायतका क्षेत्रमा कलम चलाउने पत्रकारलाई पुस्कृत गर्न स्थापित विभिन्न पुरस्कारबाट पुरस्कृत गर्दै आएको छ । यही असार १८ गते नेपाल पत्रकार महासंघ तनहुँ शाखाको १४ औं साधारणसभाको अवसरमा छनोट भएका पत्रकारलाई पुरस्कृत गरिने कोषाध्यक्ष विमला कंडेलले जानकारी दिइन् ।

तथा महासंघ तनहुँका पूर्व सचिव एवं व्यासश्री साप्ताहिकका प्रधान सम्पादक डा.बसन्त कंडेललाई स्थानीय सरकारको भाषा नीतिको क्षेत्रमा विद्यावारिधि हासिल गरेकोमा महासंघले सम्मान गर्ने निर्णय समेत भएको महासंघका उपाध्यक्ष डिपी अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गण्डकी कोटिहोमः बुद्ध पूर्णिमा विशेष समारोह, आजसम्म ५०० बटुकको ब्रतबन्ध १०० जेष्ठ नागरिकको चौरासी पूजा

पोखरा । बैशाख २९ पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न

अन्जान परियार । घरिङ, बैशाख २९ घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर

घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

तनहुँ । बैशाख २९ घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि