दमौली, असार १३
व्यास नपा–२ मालपोत लाईन स्थित एक घरमा घरेलु श्रमिकको रुपमा राखिकी ९ बर्षिया बालिकाको बुधबार राती प्रहरीले उद्धार गरेको छ ।



प्युठान जिल्ला बिजुवार गाउँपालिका घर भई हाल व्यास नपा–२ मा भाडामा बस्दै आएका शसस्त्र प्रहरीका पुर्व बरिष्ठ हवल्दार राजकुमार रानाले संरक्षणकोलागि भन्दै घरमा राखेको काठमाडौं घर भएकी ९ बर्षिय बालिकालाई घरेलु श्रमिक बनाई यातना समेत दिने गरेको बारेमा सन्चारकर्मीहरुले जिल्ला प्रहरी कार्यालयका एसपी अपिलराज बोहोरालाई जानकारी गराएपछि तत्कालै जिल्ला प्रहरी कार्यालयबाट आएको टोलीले उद्धार गरेको थियो ।
पीडित बालिकालाई सोही राती संरक्षणको लागि जिल्ला प्रहरी कार्यालयमा लगिएको र उनको अविभावकलाई सम्पर्क गरि जिम्मा लगाउने एसपी बोहोराले बताए । उद्धारकोलागि पुगेको प्रहरी टोलीसँग स्थानीय बासिन्दाले रानाको परिवारले उक्त बालिकालाई नियमित रुपमा यातना दिने गरेको बताएका थिए ।