देवघाट बुद्धिजिवि परिषदको सदस्यता पाउन कुनै एक विषयमा सक्षम हुनुपर्ने

Devghat Online

शेयर गरौ

देवघाट, साउन २७

बुद्धिजिवि परिषद देवघाटको सदस्यता पाउन अव कुनै एक विषयमा सक्षम हुनुपर्ने व्यवस्था गरिएको छ । देवघाट वुद्धिजिवि परिषदका अध्यक्ष डा.सुरेन्द्रप्रसाद श्रेष्ठको अध्यक्षतमा शनिबार भएको बैठकले परिषदको सदस्यता लिन चहाने व्यक्तीले कुनै एक विषय सक्षम हुनु पर्ने निर्णय गरिएको हो ।

सो बैठकमा वुद्धिजिवि परिषदको सदस्यता वितरण गर्ने सम्बन्धि भएको छलफलमा सदस्यता प्राप्त गर्न वडा नम्बर १ देखी ५ सम्मको कुनै एक विषयमा सक्षम हुनु पर्ने निर्णय भएको बुद्धिजिवि परिषद देवघाटका अध्यक्ष श्रेष्ठले बताए । साथै परिषदको सदस्यताको लागि ५ सय रुपैयाँ शुल्क पनि तोकिएको छ ।

अध्यक्ष श्रेष्ठका अनुसार देवघाट वुद्धिजिवि परिषद २०७८ सालमा देवघाट गाउँपालिकामा दर्ता भई स्थापना भएको संस्था हो । स्थापनाको यस अवधिसम्मा परिषदले देवघाटका समस्याहरुलाई पहिचान गरि समाधानको लागि देवघाट गाउँपालिकालाई सुझाव पत्र दिईएको बताए ।

आगामी दिनमा देवघाटमा स्नातक तहसम्मको सम्म पढाई हुने कलेज स्थापनाकोलागि परिषदले पहल गर्ने र आगामी भदौ २५ गते सङ्गठन बिस्तार गरे पछि शसक्त ढङ्गले देवघाटमा रहेको बिकृती बिसङ्गतीलाई औल्याउने अध्यक्ष श्रेष्ठले बताए । देवघाटको विकासको लागि कसरी, के गर्ने, कसरी जादा देवघाटको बिकास हुन सक्छ ? भन्ने बारेमा समस्याको पहिचान गरेर खवरदारी एवम सुझाव दिने निर्णय भएको वुद्धिजिवी परिषद देवघाटका अध्यक्ष डा. श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता