सडक दुर्घटना न्युनिकरणकोलागि सरोकारवालाहरुको अनुगमन

Devghat Online

शेयर गरौ

दमौली, साउन ३०

आबुँखैरेनीको गाउँपालिका चोकदेखी बजार खन्डसम्म राजमार्ग चिप्लिो भई दैनिक दुर्घटना हुन थालेपछि बुधबार सरोकारवालाहरुले अनुगमन गरेका छन् ।

पृथ्विराजमार्गको आबुँखैरेनी बजार खन्डमा पछिल्लो दिनमा दैनिक सवारी दुर्घटना हुन थालेपछि आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानको पहलमा जिल्ला समन्वय समितिका प्रमुख, सडक डिभिजन कार्यालयका प्रमुख तथा आबुँखैरेनी प्रहरीका प्रमुख लगायत सरोकारवालाहरुको उपस्थितीमा बाटो चिप्लिने समस्या समाधानको बारेमा छलफल भएको थियो ।

सवारी दुर्घटना न्युनिकरणकोलागि तत्काललाई गति नियन्त्रण गर्न चार स्थानमा स्पिड ब्रेकर रम्बल स्ट्रिक राख्ने निर्णय भएको छ । यसैगरि भाद्र दोश्रो साता सम्ममा सडक डिभिजन उक्त खन्डको कालोपत्रे गरि सडक मर्मत गर्ने निर्णय भएको आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष चुमानले जानकारी दिए ।

पृथ्वी राजमार्ग सडक खन्डको आँबुखैरेनीमा गएको एक महिनामा सडकमा चिप्लिएर १३ वटा सवारी साधनमा क्षती पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

विपदमा साथ, पुनर्निर्माणमा हातः मेगाटेक हाइड्रोद्वारा ५ लाख ५५ हजार सहयोग

तनहुँ । भदौ ११ प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने

घिरिङ गाउँपालिकामा स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

तनहुँ । भदौ १० घिरिङ गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा

लिसन सिंहदरबार तनहुँः रास्वपाले उठायो विकासको मुद्दा, शंकर भण्डारीले खोजे राजा, आशाले दिइन् बालेनलाई सुझाव

तनहुँ । भदौ ५ नेपाल लिडको ‘लिसन सिंहदरबार’ दमौली आइपुग्दा उठेको प्रश्न ठाडो थियो ।