सडक दुर्घटना न्युनिकरणकोलागि सरोकारवालाहरुको अनुगमन

Devghat Online

शेयर गरौ

दमौली, साउन ३०

आबुँखैरेनीको गाउँपालिका चोकदेखी बजार खन्डसम्म राजमार्ग चिप्लिो भई दैनिक दुर्घटना हुन थालेपछि बुधबार सरोकारवालाहरुले अनुगमन गरेका छन् ।

पृथ्विराजमार्गको आबुँखैरेनी बजार खन्डमा पछिल्लो दिनमा दैनिक सवारी दुर्घटना हुन थालेपछि आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानको पहलमा जिल्ला समन्वय समितिका प्रमुख, सडक डिभिजन कार्यालयका प्रमुख तथा आबुँखैरेनी प्रहरीका प्रमुख लगायत सरोकारवालाहरुको उपस्थितीमा बाटो चिप्लिने समस्या समाधानको बारेमा छलफल भएको थियो ।

सवारी दुर्घटना न्युनिकरणकोलागि तत्काललाई गति नियन्त्रण गर्न चार स्थानमा स्पिड ब्रेकर रम्बल स्ट्रिक राख्ने निर्णय भएको छ । यसैगरि भाद्र दोश्रो साता सम्ममा सडक डिभिजन उक्त खन्डको कालोपत्रे गरि सडक मर्मत गर्ने निर्णय भएको आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष चुमानले जानकारी दिए ।

पृथ्वी राजमार्ग सडक खन्डको आँबुखैरेनीमा गएको एक महिनामा सडकमा चिप्लिएर १३ वटा सवारी साधनमा क्षती पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

इप्रका आबुँखैरेनीका प्रहरी निरक्षक सुवेदी फागुन महिनाको उत्कृष्ट प्रहरी

तनहुँ । चैत ३ इलाका प्रहरी कार्यालय आबुँखैरेनीका इन्चार्ज प्रहरी निरिक्षक टेकप्रसाद सुवेदी फागुन महिनाको

स्ववियु निर्वाचनः निर्विरोध घोषणाको माग गर्दै अनेरास्ववियुका उम्मेदवार उच्च अदालतमा

तनहुँ । चैत १ निर्वाचन समितिले त्रिविको निर्वाचन सम्बन्धि निर्देशिका उल्लंघन गरेको आरोप निर्विरोध निर्वाचित

स्ववियु निर्वाचनः भानुभक्त क्याम्पसमा अनेरास्ववियु र अखिल क्रान्तिकारीको गठबन्धन, नेविसंघ एक्लै मैदानमा

तनहुँ । फागुन २९ आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनको लागि शुक्लागण्डकी–५ बेलचौतारास्थित भानुभक्त