देवघाटमा खेलमैदान भाडामा लिई खेलकुँद सन्चालन

Devghat Online

शेयर गरौ

देवघाट, भदौ १३

देवघाट गाउँपालिकामा पछिल्लो समय निरन्तर खेलकुँदका कार्यक्रम आयोजना भईरहेको छ । गत महिना देवपुर टोल विकास संस्थाले सेभेन ए साइड फुटवल प्रतियोगिता आयोजना ग¥यो । अहिले देवघाट युवा जागरण सभाजको आयोजनामा हरितालिका तिजको अवसरमा तनहुँ जिल्लामै पहिलो पटक खुल्ला महिला फुटवल प्रतियोगिता सन्चालन भईरहेको छ ।

धेरैलाई लाग्दो हो, निरन्तर खेलकुँदका कार्यक्रम भईरहने देवघाटमा सुविधा सम्पन्न खेलमैदान रहेको छ । तर वास्तविकता त्यस्तो छैन, देवघाट गाउँपालिकाको केन्द्र रहेको वडा नम्बर ५ को देवघाटमा व्यवस्थित खेल मैदान छैन । अहिले महिला फुटवल प्रतियोगिता भईरहेको करिब ३ रोपनी जग्गा गाउँपालिकाले राधिका पान्डेसँग भाडामा लिएको हो ।

भाडामा लिईएको जग्गामा खेल खेलाईदै

तर उक्त जग्गा भाडामा लिएवापत गाउँपालिकाले ६ महिना यताको भाडा समेत नबुझाएपछि जग्गाधनीले उक्त जग्गामा खेती गर्ने प्रयोजनको लागि जोत्ने तयारी गरेका छन् । अहिले खेल भईरहँदा जग्गाधनीले उक्त जग्गा जोत्ने तयारी भएको हुँदा जग्गा खाली गर्न ताकेता गरिरहेको बताईएको छ ।

देवघाट गाउँपालिका–५ देवपुर स्थित देवघाट एफएम पछाडीको प्रदेश सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको देवघाट खेलमैदान रहेको सार्वजानिक जग्गामा कालिका सामुदायिक वन उपभोक्ता समितिले तारबार लगाईदिएको छ । खेलमैदानको रुपमा प्रदेश सरकार र देवघाट गाउँपालिकाले समेत ठुलो धनराशी खर्च गरेको उक्त जग्गालाई सामुदायिक वनले आफ्नो क्षेत्र दावी गर्दै तारबार लगाएपछि खेलप्रेमीहरु निराश बनेका छन् ।

करिब १७ रोपनी क्षेत्रफलको सार्वजानिक जग्गामा खेल मैदान निर्माणको लागि २०७६ सालमा गन्डकी प्रदेश सरकार र देवघाट गाउँपालिकाको करिब १२ लाख रुपैयाँको लागतमा जग्गा सम्याउने र ग्याबिन जाली भर्ने काम भईसकेको देवघाट युवा तथा खेलकुँद समितिका तत्कालिन अध्यक्ष शुकुलाल गुरुङले बताए । तर सामुदायिक वनले तारबार लगाएपछि त्यहाँ कुनै पनि खेल खेल्न सकिँदैन ।

देवघाट खेलमैदानमा गरिएको तारबार

यसैगरि भुवनटारमा १३ रोपनीको सार्वजानिक जग्गामा खेल मैदान निर्माण गरिएको छ, तर त्यो व्यवस्थित छैन । केही वर्ष अघि कालिका माविले राष्ट्रपती रनिङ सिल्ड प्रतिश्पर्धा गराउँदा केही खेलहरु उक्त मैदानमा गराईएको थियो । त्यस यता उक्त मैदानमा अन्य प्रतियोगिताहरु सन्चालन भएको छैन ।

देवघाट गाउँपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा वडा नम्बर १ को कोटा खेलमैदान र वडा नम्बर २ को खाल्टे रङ्गशालालाई गाउँपालिकाको गौरबको योजना तोकेको छ ।

वडा नम्बर ५ मा इन्डोर खेल सन्चालनको लागि निर्माण गरिएको मधुचन्द्र कवर्डहललाई पनि गाउँपालिकाको गौरबको योजनामा समावेश गरिएपनि उक्त कवर्डहल पाँच वर्षदेखी अलपत्र अवस्थामा रहेको छ । उक्त कवर्डकल कहिले तयार हुन्छ भन्ने टुङ्गो छैन । उक्त कवर्ड हल निर्माण भईहालेपनि फुटवल र भलिवल खेल खेलाउन मिल्दैन ।

भुवनटारमा रहेको खेलमैदान

खेलकुँद प्रतियोगिताको उद्घाटनको क्रममा जनप्रतिनिधिहरुले देवघाटमा खेलकुँदलाई अगाडी बढाउनुपर्छ भन्ने भाषण गर्छन् तर व्यवहारमा  भने खेलक्षेत्रमा केही काम नगर्ने स्थानीयको गुनासो छ ।

नीति तथा कार्यक्रममा गाउँपालिकाले युवा तथा खेलकुँद तर्फ विभिन्न खेलकुँद एवं खेलकुँदसँग सम्बन्धित क्रियाकलाप सन्चालन गर्ने, नीजि क्षेत्रको लगानीमा खेलमैदान र खेलकुँद भवन निर्माण गर्न प्रोत्साहित गर्ने र पालिका स्तरीय खेलकुँद कार्यक्रम सन्चालन गर्ने योजना ल्याएको छ । उक्त योजना दुई वर्ष अघिको नीति तथा कार्यक्रमकै निरन्तरता हो । त्यसको पनि कार्यान्वयनमा पालिकाको ध्यान पुगेको छैन ।

समग्र खेलकुँदको लागि वार्षिक १ लाख रुपैयाँ बजेट छुट्याएको छ तर उक्त बजेट कनिका छरे सरह हुने गरेको भन्दै वडा नम्बर ५ स्तरीय युवा तथा खेलकुँद समितिका अध्यक्ष टिका रानाले वडा नम्बर ५ मा व्यवस्थित खेलकुँद मैदान बनाउन नसक्नु निकै दुखद भएको बताए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जैविक पर्यटनको उत्कृष्ट गन्तव्य बन्दै चितीखोला ग्रिन हिमालय फार्मस्टे

दमौली, भदौ ३० भानु नगरपालिका–९ चितीखोलामा सन्चालनमा रहेको ग्रिन हिमालय फार्मस्टे जैविक पर्यटनको उत्कृष्ट गन्तव्यको

‘देवघाटमा क्याम्पस खोल्ने विषयमा सबै क्षेत्र सकारात्मक’

देवघाट, भदौ २९ देवघाट गाउँपालिकामा स्नातक क्याम्पस खोल्ने विषयमा सबै सरोकारवालाहरु सकारात्मक रहेको क्याम्पस स्थापना