दमौली, भदौ १८
नेपाल प्रहरीले ५ सय ८७ जना इन्सपेक्टरको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले भदौ १७ गतेको निर्णय अनुसार इन्सपेक्टरहरूको सरुवा गरेको जनाएको छ ।
प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाले भाद्र १७ गते सोमबार एक सुचना मार्फत प्रहरी निरीक्षकहरुको सरुवा गरिएको जनाएको हो । उक्त सरुवामा तनहुँको विभिन्न प्रहरी कार्यालयमा कार्यरत इन्स्पेक्टरहरुको पनि परेका छन् ।
इप्रका चन्द्रावतीका प्रकाश शाहको बाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडामा सरुवा भएको छ, उक्त कार्यालयमा अपराध नियन्त्रण शाखा काठमाडौंबाट आशिष विश्वकर्माको सरुवा भएको छ । त्यस्तै इप्रका आबुखैरेनीका शिव थापाको अपराध अनुसन्धान कार्यालय भक्तपुर सरुवा भएको छ, उक्त कार्यालयमा गन्डकी प्रदेश प्रहरी कार्यालय पोखराबाट टेकप्रसाद सुवेदी आउने भएका छन् ।
त्यस्तै इप्रका बेलचौतारका गणेश सुवेदीको जिल्ला प्रहरी कार्यालय मुस्ताङ सरुवा भएको छ, उक्त कार्यालयमा जिल्ला प्रहरी कार्यालय कालिकोटको अपराध अनुसन्धान शाखाबाट पोषण थापा आउने भएका छन् । त्यसैगरी इप्रका भानुका शुसिल घिमिरेको गण्डकी प्रदेश प्रहरी कार्यालयमा सरुवा भएको छ भने भानुमा प्रहरी प्रधान कार्यालयबाट दिपक कुवर आउने भएका छन् ।
त्यस्तै इप्रका साराङघाट दरबन्दी भई जिल्ला प्रहरी कार्यालय तनहुँमा कार्यरत दिलिपकुमार हुमागाईको प्रहरी बृत्त अपराध अनुसन्धान शाखा बालाजु सरुवा भएको छ भने साराङघाटमा अपराध अनुसन्धान कार्यालय काठमाडौंबाट राजु अधिकारीको सरुवा भएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँमा अपराध अनुसन्धान शाखाका मोहनबहादुर खड्काको पुर्वी रुकुमको इप्रका चुनवाङमा सरुवा भएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँमा इप्रका कावासोती नवलपुरबाट मुनेन्द्र थापाको सरुवा भएको छ ।
नेपाल प्रहरी विशेष सुरक्षा गण बेलचौताराका सुर्यप्रसाद अचार्यको गन्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखरा र सोही कार्यालयका ओमप्रकाश यादवको इप्रका यदुकुवा धनुषा सरुवा भएको छ ।
त्यसैगरि राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बेलचौतारामा वडा प्रहरी कार्यालय बगर पोखराबाट बोधराज रेग्मी र इप्रका मनहरी मकवानपुरबाट दिपक थापा आउने भएका छन् । त्यस्तै प्रदेश प्रहरी विद्यालयका दिपक पातलीको प्रहरी प्रधान कार्यालय कार्य विभागमा सरुवा भएको छ भने उक्त विद्यालयमा प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालय नक्सालबाट प्रसिद्धिका कडेंल आउने भएकी छिन् ।
त्यसैगरि हालसम्म प्रहरी नायब निरीक्षक (सई) को कमाण्डमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यलय तनहुँमा काजमा प्रहरी निरीक्षक कमान्डमा ट्राफिक प्रहरी परिचालन गरिने गरि प्रहरी प्रधान कार्यालय विशेष ब्युरो उपत्यका सेक्टरबाट कृष्णबहादुर चन्दलाई खटाईएको छ । उनको दरबन्दी भने प्रदेश प्रहरी कार्यालय पोखरा रहेको छ ।