अन्तर माध्यमिक विद्यालय स्तरीय वक्तृत्व कला प्रतियोगिता सम्पन्न

Devghat Online

शेयर गरौ

दमौली, भदौ १९

व्यास नगरपालिका वडा नम्बर ५, बेनीपाटन स्थित पराशर माध्यमिक विद्यालयमा अन्तर माध्यमिक विद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । मानवीय सेवामा कार्यरत संस्था नेपाल रेडक्रस सोसाइटीको ६२ औं स्थापना दिवसको अवसरमा युवा रेडक्रस सर्कल पराशर मा.वि.को आयोजना तथा नेपाल रेडक्रस सोसाईटी गण्डकी प्रदेश को सहयोगमा सञ्चालन गरेको उक्त कार्यक्रममा विभिन्न विद्यालयका २२ जना सहभागीले प्रतिस्पर्धामा भाग लिएका थिए ।

युवा रेडक्रस सर्कल पराशर माविका अध्यक्ष विष्णुमाया थापाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशका उपमहासचिव कृष्णचन्द्र पाण्डेले उद्घाटन गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै उपमहासचिव पाण्डेले नेपाल रेडक्रस सोसाइटीको स्थापना दिवसको अवसरमा रेडक्रसलाई यो अवस्थासम्म ल्याई पु¥याउन सहयोग गर्नुहुने सम्पूर्ण स्वयंसेवक तथा रेडक्रस प्रेमी महानुभावहरूको निःस्वार्थ योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्तै उत्साह र सहयोगको अपेक्षा गरे ।

कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै युवा रेडक्रस सर्कल पराशर माविका संरक्षक एवं विद्यालयका प्रधानाध्यापक तथा गण्डकी प्रदेश नेपाल सोसाइटी गण्डकी प्रदेशका महासचिव रामदत्त पौडेलले रेडक्रसको सात सिद्धान्त वाचन गरेका थिए । उक्त प्रतियोगितामा पवित्रा माविकी आयुषा श्रेष्ठ प्रथम, सत्यवती माविका साक्षी वाग्ले द्वित्तीय, राधा माविका प्रवेश पण्डित तृतीय र गोरखकाली आमाविका जेसिका पाण्डेले सान्त्वना स्थान हासिल गर्न सफल भएका थिए ।

प्रतियोगितामा प्रथम, द्वित्तीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने विद्यार्थीहरूलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिरा थापा, युवा रेडक्रस सर्कल पराशर माविका अध्यक्ष विष्णुमाया थापा विद्यालयका प्रधानाध्यापक संरक्षक एवं प्रदेश नेपाल सोसाइटी गण्डकी प्रदेश महासचिव रामदत्त पौडेलले संयुक्त रुपमा पुरस्कार वितरण गरेका थिए । सो कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिरा थापा, पाटन टोल विकास संस्थाका अध्यक्ष महेन्द्र गिरी, अभिभावक शिक्षक संघका अध्यक्ष संगीता तामाङ थापा, विभिन्न २२ वटा विद्यालयका प्रअ, शिक्षक नायक एवं प्रतिनिधिहरू लगायतको उपस्थिति रहेको थियो ।

उद्घाटन सत्र पछिको प्रतियोगितात्मक कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिरा थापाको अध्यक्षतमा सञ्चालन भएको उक्त कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक अनिता घिमिरे काफ्लेले स्वागत गरेका थिए । उक्त कार्यक्रमको उद्घाटन सत्र युवा रेडक्रस सर्कल पराशर माविका उपाध्यक्ष अनिषा थापाले र प्रतियोगितात्मक कार्यक्रम शिक्षक नायक मञ्जु खनालले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आबुँखैरेनीले सामुदायिक तथा सस्थांगत विद्यालयमा निशुल्क भर्ना गर्ने

तनहुँ । चैत ७ आबुँखैरेनी गाउँपालिकाले आगामी शैक्षिक सत्रमा सामुदायिक तथा संस्थागत विद्यालयमा निशुल्क भर्ना

एसइई परिक्षा सुरु

तनहुँ । चैत ७ माध्यमिक शिक्षा परिक्षा (एसइई) विहिबारबाट सुरु भएको छ । परिक्षा बिहान

स्वावलम्बन लघुवित्तले ३६ जना महिला सदस्यलाई दियो बाख्रापालन सम्बन्धी तालिम

तनहुँ । चैत ७ स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड डुम्रे शाखाको आयोजनामा तीन दिने व्यावसायिक

जिल्ला खेलकुद विकास समिति चितवन र पुष्पाञ्जली हस्पिटलबीच खेलाडीको उपचारमा छुटको सम्झौता

देवघाट अनलाइन चितवन, चैत ७ । चितवन जिल्लाका खेलाडी तथा परिवारको उपचार खर्चमा पुष्पाञ्जली हस्पिटलले